संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ मा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

आज दिउँसो करेन्ट लागेर ५० वर्षीय जगदीश सरदारको मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आफ्नै घरमा बिजुलीको तार जोड्ने क्रममा सरदारलाई करेन्ट लागेको थियो ।

Advertisement

मृतक सरदारको शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा ल्याइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!