पूर्वी नाकाबाट अब बङ्गलादेश आयात-निर्यात सहज

पूर्वी नाकाबाट अब बङ्गलादेश आयात-निर्यात सहज

झापा । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी–बङ्गलाबन्घु नाका खुलेको छ । नाका खुला भएसँगै अब पूर्वी नेपालको काँकडभिट्टा नाका हुँदै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।   नाका खुलेसँगै काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ  जान थालेका छन् । यसैगरी, बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आउन थालेका छन् । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शा...
गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

काठमाडौँ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । उनी गएराति भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए । परिवारका सदस्यहरूले उनलाई पाटन अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । तिमिल्सिनाको शव आज  बिहान ८ बजे सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटमा गर...
‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि महिलाद्वारा पोलबाट हामफाल्ने प्रयास

काठमाडौँ । ‘लिभिङ टुगेदर’ बसेको केटाले बिहे गर्न नमानेपछि काठमाडौंमा आज एक महिलाले पोलबाट हामफाल्ने प्रयास गरेकी छन् । जुम्ला घर भएकी सहारा शाहीले माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलबाट हामफाल्ने प्रयास गरेकी हुन् । हामफालेर आत्महत्या गर्ने प्रयास गरेकी शाहीलाई प्रहरीले तत्काल उद्धार गरेर बचाएको छ । हामफाल्नका लागि उनी पोलमा चढिसकेकी थिइन् । आफूसँग दुई वर्षदेखि लिभिङ टुगेदरमा बसेको क...
धनकुटामा बोलेरो र मोटरसाइकल ठोक्किँदा चालक घाइते

धनकुटामा बोलेरो र मोटरसाइकल ठोक्किँदा चालक घाइते

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-९ नुनथलामा आज दिउँसो बोलेरो गाडी र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक घाइते भएका छन् । इटहरीबाट वसन्तपुरतर्फ जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो र विपरित दिशाबाट आउँदै गरेको प्र १-०४-००१ प १८०७ नम्बरको मोटरसाइकल दिउँसो करिब १ बजे आपसमा जुधेका हुन् । दुर्घटनामा परी मोटरसाइकल चालक तेह्रथुमको लालिगुराँस नगरपालिका-२ का ३५ वर्षीय रविकिरण लिम्बू घाइते भएको प...
‘हावामा अल्झिएको स्वर’ लिएर आए कवि श्रेष्ठ

‘हावामा अल्झिएको स्वर’ लिएर आए कवि श्रेष्ठ

धनकुटा । मोरङको सुन्दरहरैँचाका युवा कवि सिजन श्रेष्ठको कविता संग्रह ‘हावामा अल्झिएको स्वर’ को लोकार्पण गरिएको छ । सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले कृतिको लोकार्पण गरेका थिए । सङ्खुवासभाको वानामा जन्मिएका कवि श्रेष्ठ हाल सुन्दरहरैँचामा बस्दै आएका छन् । ५३ वटा कविता समावेश गरिएको सङ्ग्रहको ...
ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिता भदौ १० गतेसम्म सञ्चालन हुने जनाएको छ । भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाको एकसहित प्रतिष्ठित आठवटा क्लबलाई समावेश गराइने समितिका अध्यक्ष देवराज गुरुङले बताए । प्रतियोगितामा सङ्घर्ष सपोर्टिङ...
मोरङको सुन्दरहरैँचामा कारको ठक्करले पैदलयात्रीको मृत्यु

मोरङको सुन्दरहरैँचामा कारको ठक्करले पैदलयात्रीको मृत्यु

विराटनगर । मोरङको सुन्दरहरैँचामा कारको ठक्करले गएराति एक जनाको मृत्यु भएको छ । सुुन्दरहरैँचा नगरपालिका–७ ठडियामा को १ च ५८७३ नम्बरको कारले ठक्कर दिँदा भारतको आसामका ५५ वर्षीय हुपेनर कठेटको मृत्यु भएको हो । प्रहरीका अनुसार टाउकेसमेत शरीरका विभिन्न भागमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक झापाको दमक...
सामुदायिक वन दिवसको अवसरमा धनकुटामा वृक्षरोपण

सामुदायिक वन दिवसको अवसरमा धनकुटामा वृक्षरोपण

धनकुटा । २५औं सामुदायिक वन दिवस धनकुटामा वृक्षरोपण गरी मनाइएको छ । आज आयोजित कार्यक्रममा विभिन्न सामुदायिक वन र वनसँग आवद्ध संघ संस्थाका प्रतिनिधिले वृक्षरोपण गरेका थिए । धनकुटा नगरपालिका–३, कागतेमा रहेको सिलढुंगा सामुदायिक वनमा वृक्षरोपण गरिएको थियो । यसै अवसरमा छथरजोरपाटी गाउँपालिका–१ र २ नम्बर वडाको सिमानामा पर्ने सिंहदेवी तारेभीर सामुदायिक वनमा पनि विभिन्न जातका बिरुवा तथा फलफूलका बिरुवा रोप...
धनकुटाको देब्रेबासमा करेन्ट लागेर वृद्धको मृत्यु

धनकुटाको देब्रेबासमा करेन्ट लागेर वृद्धको मृत्यु

धनकुटा । धनकुटामा करेन्ट लागेर एकजना वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटा नगरपालिका–४ देब्रेबासको गणेशधाराका ६० वर्षीय कुमार राईको मृत्यु भएको हो । आफ्नै घरमा बिजुलीको मल्टिप्लग जोड्ने क्रममा आज साँझ करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए । करेन्ट लागेर घाइते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ...
झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गर्दा एकजना पक्राउ

झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गर्दा एकजना पक्राउ

झापा । झापाको बिर्तामोडमा मोटरसाइकल चोर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित मेची आँखा अस्पताल अगाडि पार्किङ गरी राखिएको मोटरसाइकल चोर्ने प्रयास गर्दागर्दै एक व्यक्ति पक्राउ परेका हुन् । अस्पताल अगाडि पार्किङ गरिएको प्रदेश १–०१–०१४प २२० नम्बरको मोटरसाइकल चोर्दै गर्दा हिजो साँझ इलामको पशुपतिनगरका २५ वर्षीय दिलबहादुर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रह...
बाल शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने देश विदेशका प्रतिनिधि इटहरीमा

बाल शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने देश विदेशका प्रतिनिधि इटहरीमा

सुनसरी । बालबालिकाको शिक्षा र स्वास्थ्यमा क्रियाशील ‘किवानिज इन्टरनेसनल डिस्ट्रिक्ट नेपाल’ को छैटौं सम्मेलन आजदेखि सुनसरीको इटहरीमा हुने भएको छ । सम्मेलनमा विदेशका प्रतिनिधिसहित ५ सयभन्दा बढीको सहभागिता हुने डिस्ट्रिक्ट गभर्नर तीर्थकुमार सिंहले जानकारी दिए । किवानिज क्लब अफ इटहरीको आयोजनामा हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको क्लबकी अध्यक्ष मनि...
चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलरमा ओलीको बोली, ‘म न्याय दिन्छु’

चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलरमा ओलीको बोली, ‘म न्याय दिन्छु’

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले अभिनय गरेको चलचित्र ‘नमेटिने घाउ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा ओलीले एसिड आक्रमण घटनाका पीडितहरूलाई न्याय दिने संवाद प्रस्तुत गरेका छन् । ‘तपाईँहरूले अवश्य पाउनुहुन्छ न्याय । म दिन्छु न्याय’ ट्रेलरमा प्रधानमन्त्री ओली भनेका छन् । प्रधानमन्त्री ओलीसहित चलचित्रमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसदद्वय देवेन्द्र पौडेल र ज्ञा...
सुनका गहना चोरी गर्ने र किन्ने तीनजना पक्राउ

सुनका गहना चोरी गर्ने र किन्ने तीनजना पक्राउ

सङ्खुवासभा । सुनको गहना चोरीमा संलग्न रहेको साथै चोरीका गहना किनेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना मोरङको सुन्दर हरैँचाका छन् । दुईजना सङ्खुवासभाका हुन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनकुटासँगको समन्वयमा खाँदबारी नगरपालिका–६ पाङ्‍ठा टोल घर भएका १९ वर्षीय अनिष बिष्टलाई धनकुटाको पाख्रीबासमा पक्राउ गरेको हो । खाँदबारी–७, ...
धावनमार्गबाट फर्काइयो उड्न लागेको श्री एयरलाइन्सको विमान

धावनमार्गबाट फर्काइयो उड्न लागेको श्री एयरलाइन्सको विमान

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन् । श्री एयरलाइन्सका व्यवस्थापक अनिल मान...
आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट

आदिवासी हकहित र समानताको निम्ति राज्यको लगानी आवश्यकः सभामुख बिष्ट

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर बिष्टले आदिवासीहरूको हकहित र समानताको निम्ति राज्यले लगानी गर्न आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचान भएको मुलुक भएकाले आदिवासीहरूको पहिचान, रीतिरिवाज, कला सभ्यता, भेषभुषा तथा मौलिकता राज्यको सम्पत्ति भएको भन्दै उनले यसको संरक्षण गरी चिर...
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

पूर्वी नेपालमा भूकम्पको धक्का महसुस

विराटनगर । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ७ः१३ बजे कोशी प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लामा भूकम्पले हल्लाएको छ । भूकम्प जाँदा कतिपय मानिसहरू घर बाहिर निस्किएका थिए । सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन...
आज ३०औं विश्व आदिवासी दिवसः ‘संस्कृति संरक्षणमा प्रतिबद्ध छौँ’

आज ३०औं विश्व आदिवासी दिवसः ‘संस्कृति संरक्षणमा प्रतिबद्ध छौँ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ३०औं विश्व आदिवासी दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आदिवासी जनजातिको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको समेत बताए । यस अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेप...
आज नागपञ्मी पर्वः घरघरमा नागको तस्बिर टाँसेर पूजा

आज नागपञ्मी पर्वः घरघरमा नागको तस्बिर टाँसेर पूजा

विराटनगर । आज नागपञ्चमी पर्व मनाइँदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसेर पूजार्चना गरी मनाइँदैछ । घरको मूलढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव ...
मनसुन प्रभाव सातै प्रदेशमा, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन प्रभाव सातै प्रदेशमा, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । कोशी प्रदेश सहित आज सातैवटा प्रदेशमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा मुलुकका सबै क्षेत्रमा यसको असर देखिने भएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका के...
धरानमा एकै उपभोक्ताको खानेपानी महसुल झण्डै ५० लाख !

धरानमा एकै उपभोक्ताको खानेपानी महसुल झण्डै ५० लाख !

सुनसरी । खानेपानी महसुल वृद्धि लगायत विषयमा विवाद चर्किरहेका बेला धरानमा एकजना उपभोक्ताको खानेपानीको बिल करिब ५० लाख रुपैयाँ आएको छ । धरान उपमहानगरपालिका–१६ साँगुरी मार्गकी सीतादेवी डाँगीको निजी धाराको नाममा ४९ लाख ९९ हजार २ सय रुपैयाँको पानीको बिल आएको हो । खानेपानी बोर्डले साउन १२ गते डाँगीको नाममा बिल काटेको हो । बिलमा हालको युनिट ९९ हजार ९ सय ९९ सय उठेको लेखिएको छ । खपत बिल पनि ९९ हजार ९ सय...
विराटनगरको परोपकार घाटमा सन्ध्याकालीन आरती हुने

विराटनगरको परोपकार घाटमा सन्ध्याकालीन आरती हुने

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकारधाम घाटमा साप्ताहिक रूपमा सन्ध्याकालीन आरती शुभारम्भ हुने भएको छ । परमार्थ सिङ्घिया आरती सेवा समितिले भोलिदेखि प्रत्येक शुक्रबार सन्ध्याकालीन आरती गर्न लागेको हो । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रत्येक शुक्रबार र विशेष पर्वको दिन आरती गरिने जनाएको छ । समितिका संयोजक तथा पूर्वन्यायाधीश भीमेन्द्रबहादुर कार्कीले कोशी प्रदेश सरकारका मुख...
कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

विराटनगर । कोशी प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आदिवासी दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो । अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा ब...
कोशी इँटा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

कोशी इँटा उद्योग व्यवसायी संघमा नयाँ नेतृत्व

विराटनगर । कोशी इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा खगेन्द्र श्रेष्ठ चयन भएका छन् । सुनसरीको इटहरीमा सम्पन्न संघको १२ औं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गरेको हो । नव गठित समितिको उपाध्यक्षमा लिलाराज पराजुली, महासचिवमा राजनकुमार तिमल्सिना, सचिवमा रोमन कटेल र कोषाध्यक्षमा सन्तोष भगत चयन भएका छन् । तत्कालीन कोशी अञ्चलका व्यवसायीहरू सङ्गठित भएर स्थापना गरिएको यो संघम...
अस्पतालबाट फरार भएका मोरङ कारागारका कैदी पक्राउ

अस्पतालबाट फरार भएका मोरङ कारागारका कैदी पक्राउ

विराटनगर । उपचारका लागि अस्पताल लगिएका बेला फरार भएका जिल्ला कारागार मोरङका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ घर भएका २४ वर्षीय मोहमद अहमदलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठका अनुसार उनलाई मोरङको जहदा गाउँपालिका–१ तरेगामाबाट पक्राउ गरिएको हो । पेट दुख्ने समस्या भएपछि उनलाई उपचा...
‘मिस्टर नेपाल-२०२४’ मा विराटनगरका ३ सहित पूर्वबाट ८ जना

‘मिस्टर नेपाल-२०२४’ मा विराटनगरका ३ सहित पूर्वबाट ८ जना

विराटनगर । मिस्टर नेपाल–२०२४ प्रतिस्पर्धामा विराटनगरबाट तीनजना युवकले सहभागिता जनाएका छन् । उनीहरू सहित मोरङबाट चार जनाले सहभागिता जनाएको आयोजकले जानकारी दिएको छ । विराटगरका सागर घिमिरे, पिन्टु सान्याल, सोहज खान तथा पथरीका प्रकाश चौहानले प्रतिस्पर्धा गरिरहेका छन् । सुनसरीबाट अग्रज श्रेष्ठ तथा आदेश प्रधान (धरान) ले यो प्रतियोगितामा भाग लिएका छन् । यस्तै, झापाबाट मणि निरौला र सन्तोष लकसमले मिस्टर...
क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

क्यानाडामा रहेका नेपाली मूलका तीनजना खेलाडीलाई बार्सिलोनामा अवसर

विराटनगर । क्यानाडामा रहेका नेपाली मूलका चारजना फुटबल खेलाडीले प्रसिद्ध फुटबल क्लब बार्सिलोनाको ला मासिया एकेडेमीमा खेल्ने अवसर पाएका छन् । टोरन्टो नेपाली फुटबल क्लब (टिएनएससी) मा आवद्ध उनीहरू आफ्नो खेल कौशल प्रदर्शनका लागि छनौटमा परेका हुन् । ला मासिया एकेडेमीमा यो अवसर पाउनेमा १६ वर्षीय मिडफिल्डर सागर थापा, १६ वर्षीय फरवार्ड हिमाल थापा, १४ वर्षीय  डिफेन्डर सबी बस्नेत र १७ वर्षीय गोलकिपर सक्षम...
झापाको मेचीनगरमा सर्पले डसेर युवकको मृत्यु

झापाको मेचीनगरमा सर्पले डसेर युवकको मृत्यु

झापा । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवकको मृत्यु भएको छ । मेचीनगर–८ शान्ति टोलका १८ वर्षीय आशिष राजवंशीको गएराति भएको प्रहरीले जनाएको छ । राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका लागि अस्पताल पुर्याउन लैजाने तयारी हुँदाहुँदै मृत्यु भएको थियो ।
भारतले जित्यो महिला भलिबलको उपाधि, नेपाल उपविजेता

भारतले जित्यो महिला भलिबलको उपाधि, नेपाल उपविजेता

काठमाडौँ । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपा...
भेडेटारमा गाँजा बोकेको मिनी ट्रकसहित एकजना पक्राउ

भेडेटारमा गाँजा बोकेको मिनी ट्रकसहित एकजना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटारबाट गाँजा बोकेको मिनी ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी चालक सहिदभूमि गाउँपालिका–५ का २८ वर्षीय भूमिराज राईलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब निरीक्षक रमेश प्रधान नेतृत्वको टोलीले धनकुटाबाट धरान जाँदै गरेको को १ ख ३८०८ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो । चालक बस्ने सिट पछाडि लुकाएर राखेको अवस्थ...
काठमाडौँ उडेको बुद्धको जहाज बीचबाटै विराटनगर फिर्ता, बालकको मृत्यु

काठमाडौँ उडेको बुद्धको जहाज बीचबाटै विराटनगर फिर्ता, बालकको मृत्यु

विराटनगर । विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाजमा अभिभावकसँग उपचारका लागि गइरहेका बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी ताराकिरण राईका पाँच वर्षीय छोरा संयोग हाङको मृत्यु भएको हो । विराटनगरबाट ५७ जना यात्रु लिएर आज दिउँसो करिब साढे १२ बजेतिर काठमाडौंका लागि उडेको जहाजमा केही बेरपछि बालकलाई श्वासप्रश्वासमा समस्या भएको थियो । यसबारे कर...
नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः पाँच जनाको मृत्यु

नुवाकोटमा हेलिकोप्टर दुर्घटनाः पाँच जनाको मृत्यु

काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा एयर डाइनस्ट्रीको हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये चारजना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । हेलिकोप्टरका पाइलट नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्...
error: Content is protected !!