विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँ तोकिएको छ ।
शुक्रबार सुनको मूल्य तोलामा एक लाख ४८ हजार पाँच सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १० रुपैयाँ घटेर एक हजार सात सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ३० रुपैयाँले बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलामा एक हजार सात सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।