संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आफ्नो एक सय दिने उपलब्धि सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री राईले उपलब्धि सार्वजनिक गरेका हुन् ।

मन्त्री राईले स्थलगत सडक निर्माण अनुगमनदेखि पुल स्थानान्तरणसम्मको कार्यलाई प्रगतिको रूपमा राखेरका छन् । उनले प्रयोगविहीन तथा जीर्ण भएका झोलुङ्गे पुलहरू स्थानान्तरण गर्ने निर्णय भएको उल्लेख गरे ।

Advertisement

आफू मन्त्री भएपछि नदी तथा खोलाहरूमा पक्की पुल नजिकका झोलुङ्गे पुल स्थानान्तरण गर्ने निर्णय भएको उनले सुनाए । विपदबाट भएको क्षतिको विवरण सङ्कलन गरिएको, कोशी रिफ्रेसमेन्ट सेन्टर निर्माणका लागि निजी क्षेत्रलाई दिने गरी लगानी सम्मेलनको आयोजना सोकेसमा राख्ने लगायतका कार्यलाई जोड दिएको मन्त्री राईले बताए ।

मन्त्री राईले प्रादेशिक सडक सञ्जालको सूची तयार पारेको बताए । जसमा प्रादेशिक सहायक लोकमार्ग अन्तर्गत ९६ वटा सडक र प्रादेशिक मार्गअन्तर्गत दुई सय ८९ वटा सडक पहिचान गरिएको उनको भनाइ छ ।

धरान जोड्ने दुई सडक कालोपत्रे गर्ने कार्य अगाडि बढेको उनले सुनाए । प्रदेश सरकारको सबै भन्दा लामो सडक पुल शिलान्यास गरेको उनले बताए । खोटाङको जन्तेढुङ्गा-१ देवस्थान स्थित बुवा खोला पक्की पुलको २०८१ कार्तिक ६ गते शिलान्यास गरी काम सुरु गरेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!