संगालोखबर


विराटनगर । यू-१९ एशिया कप क्रिकेटमा बङ्गलादेशसँग नेपाल पराजित भएको छ । आज भएको ‘सुपर-फोर’ को खेलमा बङ्गलादेशसँग नेपाल ९ विकेटले पराजित भएको हो । यो सँगै नेपालको फाइनल यात्रा समाप्त भएको छ । बङ्गलादेश भने फाइनलमा पुगेको छ ।

नेपालले दिएको ५५ रनको मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटाएको थियो । बङ्गलादेशकी फहोमिदा चोयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गोदारले १ विकेट लिइन् ।

Advertisement

मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो । नेपालकी सावित्री धामीले ११, कप्तान पूजा महतो ९, एलिशा यादवले ८ रन बनाए ।

नेपालका चार जना खेलाडी रन आउट भए । बङ्गलादेशकी फर्जना इम्सिन, अनिसा अख्तेर, फहोमिदा चोया र हबिबा इस्लामले १/१ विकेट लिए । वर्षाले खेल प्रभावित भएपछि खेल ११ ओभरमा झारिएको थियो । बङ्गलादेशले उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!