विराटनगर । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ४९ हजार आठ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा एक हजार एक सय रुपैयाँले बढेको सुन एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज तोलामा पाँच रुपैयाँले बढेको चाँदी एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो तोलामा ३० रुपैयाँले बढेको चाँदी एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको थियो ।