अंशु गौतम मृत्यु प्रकरण : कहाँ पुग्यो अनुसन्धान ? 

अंशु गौतम मृत्यु प्रकरण : कहाँ पुग्यो अनुसन्धान ? 

विराटनगर । मोरङको लेटाङ-२ स्थित बेलबारी-चिसाङ साझेदारी बनभित्र जिउ र टाउको अलग भएको अवस्थामा बालिकाको शव फेला परेको ६ दिन बितिसक्यो । लेटाङ-२ स्कुल चोक घर भएका नवीन गौतमकी कान्छी छोरी १३ वर्षीया अंशु गौतमको विभत्स अवस्थामा शुक्रबार जंगलभित्र शव फेला परेको थियो । असोज २१ गते साँझ ५ बजेदेखि बेपत्ता बालिका १८ दिनपछि मृत अवस्थामा भेटिएकी थिइन् । एकाएक अंशु बेपत्ता भएपछि अभिभावकले खोजीका लागि प्रहर...
यी स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

यी स्थानमा भारी वर्षा र हिमपातको सम्भावना

विराटनगर । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी,  लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यस्तै तराईका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।...
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँ घटेर दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितो...
भोजपुरको सतिघाटस्थित अरुण नदीमा पुनः फेरी सञ्चालन

भोजपुरको सतिघाटस्थित अरुण नदीमा पुनः फेरी सञ्चालन

भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीमा ६ महिनापछि पुनः फेरी सञ्चालनमा आएको छ । गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा फेरीकै भरमा सबारीसाधन आवत-जावत तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नुपर्ने बाध्यता छ । वर्षात्को समयमा नदीको बहाव तीव्र भएपछि पाँच महिनाअघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । फेरी सञ्चालन नहुँदा जिल्लाक...
दुर्घटनामा गम्भीर घाइते इलामको सूर्योदय नगरपालिकाकी कर्मचारीको मृत्यु

दुर्घटनामा गम्भीर घाइते इलामको सूर्योदय नगरपालिकाकी कर्मचारीको मृत्यु

विराटनगर । सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकी पालिका कर्मचारीको मृत्यु भएको छ । इलामको सूर्याेदय नगरपालिकाकी कार्यालय सहयोगी रूपा राईको मृत्यु भएको हो । गत शनिबार कार्यालयबाट घर फर्किने क्रममा उनी चढेको अटोलाई पिकअप भ्यानले ठक्कर दिएको थियो । शनिबार सार्वजनिक बिदा भए पनि विपद्को कामलाई सहजीकरण गर्न राई कार्यालय पुगेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी राईको विराटनगरस्थित न्युरो अस्पताल...
सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

विराटनगर । पूर्वी नेपालमा भूकम्प गएको छ । सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र संखुवासभाको किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
झापामा बस दुर्घटना हुँदा १९ जना घाइते (नामावलीसहित)

झापामा बस दुर्घटना हुँदा १९ जना घाइते (नामावलीसहित)

झापा । झापामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । आज बिहान ४ बजे शिवसताक्षी नगरपालिका-१० माइधार चोकस्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना भएको हो । प्रहरीका अनुसार रामेछापको मन्थलीबाट काँकरभिट्टा तर्फ जाँदै गरेको प्र १-०१-००१ क ४२०९ नम्बरको रात्रि बस आफैँ अनियन्त्रित भएर सडकबाट करिब १० मिटर तल खसेको छ । बसमा सवार २५ जना यात्रु मध्ये १९ जना घाइते भएका झापा प्रहरीले जनाएको छ । घाइतेहरूको...
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन

विराटनगर । सूर्यको श्रद्धा भक्‍तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्याेदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूज...
छठमा कोशी प्रदेश सांसद पराजुलीको २८ औं दण्ड प्रणाम यात्रा

छठमा कोशी प्रदेश सांसद पराजुलीको २८ औं दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सांसद भीम पराजुलीले हिन्दु राष्ट्रको माग गर्दै छठमा दण्ड प्रणाम यात्रा गरेका छन् । आज बिहान करिब १० बजे विराटनगर महानगरपालिका-३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले दण्ड प्रणाम यात्रा शुरु गरेका हुन् । विराटनगर महानगरपालिकाका पूर्व मेयरसमेत रहेका पराजुलीको यो २८ औं दण्डप्रणाम यात्रा हो । बौद्ध, किराँतसहितको वैदि...
देउवा दम्पती आज सिंगापुर जाँदै

देउवा दम्पती आज सिंगापुर जाँदै

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा आज सिंगापुर जाने भएका छन् । आज राति १० बजे सिंगापुर एयरलाइन्सबाट देउवा दम्पती उपचारका लागि सिंगापुर जाने भएका हुन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पती बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटिएका थिए । कुटपिटबाट घाइते भएका उनीहरूले छाउनीस्थित सैनिक अस्पतालमा करिब एक महिना उप...
सुनसरीको भुटाहामा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप, ८ जना घाइते

सुनसरीको भुटाहामा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप, ८ जना घाइते

सुनसरी । सुनसरीमा डाइस खेल्ने क्रममा दुई पक्षबीच झडप हुँदा ८ जना घाइते भएका छन् । आइतबार साँझ हरिनगर गाउँपालिका-१ भुटाहा बजारमा दुई पक्षबीच सुरु भएको सामान्य विवादले ठूलो रूप लिँदा दुई पक्षबीच दोहोरो झडप भएको हो । झडपमा दुवै पक्षका ११ जना घाइते भएका सुनसरी प्रहरीले जनाएको छ । प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । घाइते हुनेमा स्थानीय २६ वर्षीय चन्दन सदा, ५० वर्षीय पचुवा मलह...
छठ नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक हो : मुख्यमन्त्री कार्की

छठ नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सूर्य भगवानप्रति आस्था, आत्मानुशासन र समर्पणको पर्व छठको पावन अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले छठ पर्व नेपाली समाजको साझा पहिचान, सहअस्तित्व र सहिष्णुताको प्रतीक भएको उल्लेख गर्दै यो पर्वले सबैलाई एकतामा बाँध्ने प्रेरणा दिन्छ भन्ने विश्वास व्यक्त गरेका छन् । ‘छठ पर्वले प्...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार न...
पाँचथरमा भरुवा बन्दुकले हानेर छोराको हत्या, बुबा पक्राउ

पाँचथरमा भरुवा बन्दुकले हानेर छोराको हत्या, बुबा पक्राउ

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ भदौरेमा भरुवा बन्दुकले हानेर बुबाले आफ्नै छोराको हत्या गरेका छन् । आइतबार अपराह्‍न ५२ वर्षीय बखतसिंह सिंगकले १७ वर्षीय छोरा सफल सिंगकको हत्या गरेका हुन् । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर घर पछाडिको बारीमा बखतसिंहले छोरालाई बरुवा बन्दुक प्रहार गरेका थिए । बरुवा बन्दुकले लागेर सफलको शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको...
हिन्दु राष्ट्रका लागि विराटनगरका पूर्वमेयर पराजुलीले दण्डप्रणाम गर्दै सूर्यलाई अर्घ दिने

हिन्दु राष्ट्रका लागि विराटनगरका पूर्वमेयर पराजुलीले दण्डप्रणाम गर्दै सूर्यलाई अर्घ दिने

विराटनगर । कोशी प्रदेश सभा सदस्य एवं विराटनगरका पूर्वमेयर भीम पराजुलीले यस पटक पनि दण्डप्रणाम गर्दै सिंघिया घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने भएका छन् । हरेक वर्ष छठको व्रत बस्दै आएका पराजुली आज बिहान १० बजे पोखरिया ठूलो मिलस्थित शिव पञ्चायन मन्दिरबाट दण्डप्रणाम गर्दै सिंघिया घाट जाने भएका हुन् । बौद्ध, किरातसहितको वैदिक सनातन हिन्दु राष्ट्र, लोक कल्याण, विश्व शान्ति, राष्ट्रहित र धर्म ...
कोशी प्रदेशका पाँच जिल्लाका सीडीओ फेरिए

कोशी प्रदेशका पाँच जिल्लाका सीडीओ फेरिए

विराटनगर । कोशी प्रदेशका पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव गरी ३६ जनाको सरुवा गर्दा कोशीका पाँच जिल्लाका सीडीओ फेरिएका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको सरुवा भएको छ । मोरङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा युवराज कट्टेल आएका छन् । यादवलाई महोत्तरी पठाइएको छ । उदयपुरका प्रमुख ज...
छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

विराटनगर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति शनिबारदेखि शुरु भएको हो । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन्छ । दोस्रो दिन सखर हाल...
तोलामा ११ हजार ६ सय घट्यो सुनको भाउ

तोलामा ११ हजार ६ सय घट्यो सुनको भाउ

विराटनगर । नेपाली बजारमा आज सुनको भाउ घटेको छ । तिहारपछि सुनको भाउ एकैपटक तोलामा ११ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । कात्तिक ३ गते प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य तिहारका कारण त्यसयता पहिलो पटक आज समायोजन गरिएको हो । गत असोज ३१ गते सुन र चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थिय...
आजबाट छठ पर्व शुरू : पहिलो दिन ‘नहाय–खाए’ गरिँदै

आजबाट छठ पर्व शुरू : पहिलो दिन ‘नहाय–खाए’ गरिँदै

विराटनगर । तराई मधेशमा मनाइने छठ पर्व आजदेखि शुरू भएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ । चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिन आज बेलुका ‘नहाय–खाए’ गरिँदैछ । दोस्रो दिन भोलि दिनभरि उपवास बसी रातमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने गरिन्छ । यो विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै, मुख्य दिन सोमवार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पक...
आज भाइटीका : उत्तम साइत बिहान ११ः३९ बजे

आज भाइटीका : उत्तम साइत बिहान ११ः३९ बजे

विराटनगर । यमपञ्चक अर्थात तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको...
सुनसरीबाट १२३ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट १२३ किलो गाँजासहित एक जना पक्राउ

सुनसरी । सुनसरीबाट गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपौल किसनपुर पञ्चायत-६ का २० वर्षीय मोहमद इम्तियाज मिया छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बुधबार बिहानको राति करिब १ः३० बजे प्र १-०२-००३ ह ८७०५ नम्बरको सिटी सफारीबाट गाँजा सहित उनलाई पक्राउ पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका-५ वडा कार्यालय...
आज कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा

आज कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा

विराटनगर । आज एकैदिन कुकुर तिहार, नरक चतुर्दशी र लक्ष्मीपूजा मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आज दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि आज नै परेको छ । नरक चतुर्दशी र कुकुर तिहार सूर्याेदयकालमा चतुर्दशी भएको ...
जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी संखुवासभाबाट पक्राउ

जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका कैदी संखुवासभाबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका एक कैदी संखुवासभाबाट पक्राउ परेका छन् । जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका खाँदबारी-८ का २७ वर्षीय विवेक विश्वकर्मा पक्राउ परेका हुन् । उनी भदौ २३ र २४ गते देशभर चलेको ‘जेनजी आन्दोलन’ को मौका छोपी ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका थिए । त्यसयता विश्वकर्मा लुकिछिपी बस्दै आएको खुलेको थियो । जिल्ला प्रहरी कार...
विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने

विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने

काठमाडौं । हमासद्वारा इजरायलमा मारिएका विपिन जोशीको शव भोलि नेपाल आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव सोमबार साढे २ बजे नेपाल आइपुग्नेछ । उनको शव नेपाल आएपछि सरकारको तर्फबाट श्रद्धाञ्जली कार्यक्रम गरिने भएको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत विपिन जोशी इजरायल गएका थिए । सन् २०२३ अक्टोबर ७ मा हमासले इजराइलमाथि आक्रमण गर्दा विपिन हमासको कब्जामा परेका थिए । जहाँ १० नेपा...
तिहारमा ढुक्क भएर बत्ती बाल्न प्राधिकरणको आग्रह

तिहारमा ढुक्क भएर बत्ती बाल्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्याप्त बिजुली रहेको भन्दै ढुक्क भएर बत्ती बाली तिहार मनाउन सकिने बताएको छ । पर्याप्त बिजुली र व्यवस्थापकीय तयारी रहेकोले तिहारमा  विद्युत आपूर्तिमा समस्या नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिले देशका विद्युत आयोजनाको कुल जडित क्षमता ४ हजार मेगावाट पुगेको छ । त्यसमा केही आयोजना मर्मतका क्रममा रहेकोले दैनिक २७ सयदेखि २८ सय मेगावाट विद्युत उत्प...
धरानका मेयर हर्क साङपाङले दल दर्ताका लागि आयोग पुगेर गरे सनाखत

धरानका मेयर हर्क साङपाङले दल दर्ताका लागि आयोग पुगेर गरे सनाखत

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि सनाखत गरेका छन् । साङपाङले आज बिहान आयोगमा पुगेर दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् । यसअघि श्रम संस्कृति पार्टी दर्ताका लागि आयोगमा निवेदन पेश भएकोमा आयोगले सनाखत गर्न बोलाएपछि साङपाङ पुगेका हुन् । आयोजक अनुसार उक्त पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यले दल दर्ता प्रक्रियाका लागि सनाखत ग...
मोरङमा राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने

मोरङमा राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने

विराटनगर । मोरङमा राति १० बजेपछि देउसी-भैलो खेल्न रोक लगाइएको छ । सार्वजनिक शान्ति र सुरक्षालाई ध्यानमा राख्दै राति १० बजेपछि देउसी-भैलो खेल्न नपाइने व्यवस्था गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले देउसी-भैलोका क्रममा विस्फोटक पदार्थ वा पटका नपड्काउन पनि अनुरोध गरेका छन् । उनले कानून विपरीतका गतिविधि गरेको पाइएमा  कारबाही हुने चेतावनी समेत दिएका छन् । यस्तै शङ्कास्पद गतिविधि...
अवरुद्ध भएको लामो समयपछि खुल्यो खाँदबारी-किमाथांका सडक

अवरुद्ध भएको लामो समयपछि खुल्यो खाँदबारी-किमाथांका सडक

संखुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको दुई महिनापछि खुलेको छ । भोटखोला गाउँपालिकाको समटार र अल्फाटे क्षेत्रमा गएका ठूला पहिरोका कारण भदौ १५ देखि सडक अवरुद्ध सडक शुक्रबारबाट सञ्चालनमा आएको हो । लामो समयको निरन्तर प्रयास र सडक मर्मतपछि सडक पुनः सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ । आयोजनाका अनुसार स्थानीयवासी, निर्माण व्यवसायी र योजनाको संयुक्त प्...
नर्सका माग सम्बोधनका लागि सरकारले बनायो समिति

नर्सका माग सम्बोधनका लागि सरकारले बनायो समिति

काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिको पहिलो बैठक आजै बस्ने छ । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरू उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत छन् । नर्सहरू आन्दोलित भएपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार ...
सुनको मूल्य प्रतितोला ४ हजार ८ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य प्रतितोला ४ हजार ८ सय घट्यो, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज एकैदिन प्रतितोला चार हजार आठ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । सो दिन सुन प्रतितोला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ती...
सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरीमा गोली हानेर पुजारीको हत्या

सप्तरी । सप्तरीमा गोली हानेर पुजारीको हत्या भएको छ । बोदेबर्साइन नगरपालिका-८ काचनको रजकपट्टीस्थित कबीर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको हो । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहानको राति करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युमा ग...
error: Content is protected !!