सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ उल्टीमोडबाट लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले भारतको बिहार राज्य अररिया जिल्ला पतरा पंचायत-६ का १९ वर्षीय ईस्मत उल्हालाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई शंका लागेर...






























