संगालोखबर
जिल्ला प्रहरी कार्यालय मोरङ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले १०० नम्बरको हटलाइन सेवा स्तरोन्नति सुरु गरेको छ । सर्वसाधारण नागरिकको सुरक्षा र आकस्मिक सेवालाई थप प्रभावकारी, छिटो र भरपर्दो बनाउनका हटलाइन सेवा स्तरोन्नति थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङको परिचालन कक्षमा हाल सञ्चालनमा रहेका ५ वटा १०० नम्बरका हटलाइन टेलिफोनहरूको प्राविधिक स्तरोन्नति हुँदैछ ।

स्तरोन्नति कार्य अवधि सम्मको लागि १०० नम्बरको टेलिफोन सेवा अवरोध हुने हुँदा आकस्मिक सेवा तथा सूचना आदानप्रदानका लागि मोरङ प्रहरीले वैकल्पिक नम्बरको व्यवस्था गरेको छ ।

सो अवधिसम्म परिचालन कक्ष तथा ड्युटी अधिकृतको मोबाइल नम्बर ९८५२०३७९०२ र ९८५२०२६७५० मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । नेपाल प्रहरी एपमा पनि आकस्मिक सूचना पठाउन सकिने छ ।

हटलाइन सेवाको स्तरोन्नति कार्य सम्पन्न हुनासाथ १०० नम्बरको सेवा पूर्णरूपमा अझ सहज र सुदृढ ढंगले सञ्चालनमा आउने मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!