
विराटनगर । शनिबार विराटनगरको राधाकृष्ण रथयात्रा अवलोकनमा आएका बेला हराएकी चाँदनी दास भारतमा फेला परेकी छन् ।
विराटनगर-१८ फडानी चोककी १६ वर्षीया चाँदनी भारतबाट परिवारको सम्पर्कमा आएकी हुन् । उनका मामा अजय दासका अनुसार चाँदनी दिल्ली नजिकै फेला परेकी छन् ।
‘परिवारका सदस्यहरू लिन जानु भएको छ’, अजयले संगालोखबरसँग भने, ‘तीन/चार जना साथीहरूसँग गएको रहेछ । दिल्ली नजिक पुगेको रहेछ ।’
रथ अवलोकनका लागि परिवारका सदस्यहरूसँग रोडशेष आएकी दास साँझ ७ः३० बजेतिर सम्पर्कविहीन भएकी थिइन् । उनी हराएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा पनि निवेदन दिएका थिए ।

संगालोखबर 














