
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को नगर समिति गठन भएको छ । बुधबार बसेको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा पदम रखाल मगरको संयोजकत्वमा ९९ सदस्यीय नगर समिति गठन गरिएको हो ।
समितिमा लोक नेपाल, लाल बहादुर महतरा, रिस्ता गुरुङ, दुर्गा भुजेल, बिक्रम तिगेला लगायत छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा धनकुटा जिल्ला इन्चार्ज धर्मराज पौडेल, नेकपा प्रदेश सदस्य एवं नेकपा महालक्ष्मी नगर सह-इन्चार्ज द्वय हर्कजङ्ग बुढाथोकी र सानु कार्की बस्नेत लगायत सहभागि थिए ।
नेकपाले एकताको सन्देश पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न तथा संगठन सुदृढीकरणका लागि एकता बैठक तथा प्रशिक्षण गरिएको नेकपा प्रदेश कमिटी सदस्य कार्कीले बताइन् ।

संगालोखबर 














