
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार आठ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख दुई हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला एक सय पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार आठ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














