आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो

विराटनगर । आज साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ । काठमाडौं स्थित पशुपतिनाथ मन्दिरमा बिहान नै देखि ठूलो सङ्ख्यामा श्रद्धालुहरू भेला भएर पूजा आराधना गरिरहेका छन् । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्छन् । साउनका अन्य सोमबार व्रत बस्न नपाएकाहरूले पनि अन्तिम सोमबार पूजाआजा गर्दा मनोकाङ्क्...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ घटेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख एक हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय ७० रुपैयाँमा ...
कोशीका ९ सहित ३९ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

कोशीका ९ सहित ३९ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम

विराटनगर । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका केही नदीमा बाढीको जोखिम देखिएको जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका प्रमुख नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तलै छ । आज कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीमा बाढीको खतरा छैन । यस्तै यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सामान...
संखुवासभामा बढी मूल्यमा ग्यास बेच्ने व्यापारी पक्राउ

संखुवासभामा बढी मूल्यमा ग्यास बेच्ने व्यापारी पक्राउ

विराटनगर । संखुवासभाको खाँदबारी नगरपालिका-१ काे भोजपुरे भाँडा पसलले सरकारले तोकेको भन्दा बढी मूल्यमा खाना पकाउने ग्यास बिक्री गरेको पाइएकाे छ । बढी मूल्यमा ग्यास बेचेकाे पाइएपछि सञ्चालक लोकबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकाे हाे । उनले प्रतिसिलिन्डर २ हजार ३ सय रुपैयाँका दरले ग्यास बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले अनुगमन गरेको थियो । अनुगमनका क्रममा बजार मूल्यभन्दा  महँग...
जीवन विकास सामुदायिक अस्पतालद्वारा ‘स्वास्थ्य समता शुल्क’ फिर्ता प्रक्रिया सुरु

जीवन विकास सामुदायिक अस्पतालद्वारा ‘स्वास्थ्य समता शुल्क’ फिर्ता प्रक्रिया सुरु

विराटनगर । मोरङको कटहरी-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले सेवाग्राहीहरूबाट सङ्कलन गर्दै आएको 'स्वास्थ्य समता शुल्क' फिर्ता गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकारको आर्थिक ऐन २०८३ तथा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार स्वास्थ्य सेवा शुल्कमा थप गरी असुल गरिँदै आएको उक्त शुल्क पूर्ण रूपमा खारेज भएपछि अस्पतालले रकम फिर्ता गर्ने निर्णय गरेको हो । नेपाल ...
विराटनगरकाे आर्या न्युराे अस्पतालद्वारा स्वास्थ्य समता शुल्क फिर्ता गर्ने निर्णय, १५ दिनभित्र निवेदन दिन आग्रह

विराटनगरकाे आर्या न्युराे अस्पतालद्वारा स्वास्थ्य समता शुल्क फिर्ता गर्ने निर्णय, १५ दिनभित्र निवेदन दिन आग्रह

विराटनगर । विराटनगर-३ स्थित आर्या न्युराे हस्पिटलले सेवाग्राहीहरूबाट लिइएको 'स्वास्थ्य समता शुल्क' फिर्ता गर्ने भएको छ । नेपाल सरकारको निर्णय बमोजिम उक्त शुल्क पूर्णरूपमा छुट गरिएकाले अस्पताल प्रशासनले साउन २१ गते सूचना जारी गर्दै पूर्व भुक्तानी भइसकेको रकम फिर्ता गर्ने जानकारी दिएको हो। अस्पतालका अनुसार यसअघि यो शुल्क बुझाएका सेवाग्राहीहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अस्पतालको बि...
सुन्दरहरैंचाको बस्ती बीचमा अलकत्रा प्लान्ट, तत्काल स्थानान्तरण गर्न स्थानीयको ध्यानाकर्षण

सुन्दरहरैंचाको बस्ती बीचमा अलकत्रा प्लान्ट, तत्काल स्थानान्तरण गर्न स्थानीयको ध्यानाकर्षण

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मा एसियन हाइवे निर्माण गर्ने टुण्डी कम्पनीले बस्तीको बीचमा क्रसर र अलकत्रा प्लान्ट खोलेको भन्दै स्थानीयले विरोध जनाएका छन् । उक्त प्लान्टले जनस्वास्थ्य र वातावरणमा असर गरेको भन्दै डाँडागाउँ टोलवासीले बन्द वा स्थानान्तरण गर्न ध्यानाकर्षण गराएका हुन् । करिब ५० घर परिवार बसोवास गरेको डाँडागाँउको पश्चिममा रोडा, ढुंगा उत्पादन गर्ने क्रसर र अलकत्रा प्लान्ट ...
पूर्वाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा फारमसम्बन्धी अभिमुखीकरण

पूर्वाञ्चल विश्वविद्यालयद्वारा अनलाइन परीक्षा फारमसम्बन्धी अभिमुखीकरण

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले अनलाइन परीक्षा आवेदन फारमसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजका प्राचार्य तथा प्रतिनिधिहरूका लागि शनिबार अनलाइन परीक्षा आवेदन फारमसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै रजिष्ट्रार डा. रमेशबाबु काफ्लेले परीक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने विश्वविद्या...
धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त

धनकुटाका कवि रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्यमा नियुक्त

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-४ घर भएका कवि तथा साहित्यकार रोशन परियार नेपाल प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १९ गते परियारलाई प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त गरेको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको निर्णयबाट नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान तथा नेपाल संग...
कप्तानगन्जको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा केही युवा पक्राउ 

कप्तानगन्जको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा केही युवा पक्राउ 

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगनजमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केही युवाहरूलाई पक्राउ गरेको छ । घटनालाई उत्तेजित बनाउने, आगजनी गर्ने तथा हिंसा फैलाउने भूमिकामा प्रत्यक्ष संलग्न रहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाको संवेदनशीलता र साम्प्रदायिक भावना बिग्रन सक्ने भन्दै प्रहरीले पक्राउ परेकाहरूको विवरण सार्वजनिक गरेको छैन ...
शुक्रबारदेखि हराएका पूर्वमेयर जंगलमा मृत भेटिए

शुक्रबारदेखि हराएका पूर्वमेयर जंगलमा मृत भेटिए

रूपन्देही । कपिलवस्तु नगरपालिकाका पूर्वी मेयर तथा नेपाली काँग्रेसका नेता किरण सिंह मृत भेटिएका छन् । शुक्रबारदेखि हराइरहेका सिंह तौलिहवा गोरुसिंगे क्षेत्रको जंगलमा आज मृत फेला परेका हुन् । उनको खोजीमा प्रहरीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन तथा ड्रोनबाट समेत निगरानी गरेको थियो । शुक्रबार मोटरसाइकलसहित उनी बेपत्ता भएका थिए । उनको मोटरसाइकल भन...
धनकुटामा गुडिरहेको अटोमा आगो लागेपछि…

धनकुटामा गुडिरहेको अटोमा आगो लागेपछि…

धनकुटा । धनकुटा नगरपालिका-१ त्रिशुलेमा गुडिरहेको अटोमा आगलागी भएको छ । आगलागीबाट अटो पूर्णरुपमा जलेर नष्ट भएको छ । कोशी लोकमार्गमा शनिबार हिलेबाट जोरपाटीतर्फ जाँदै गरेको को २ ह ८१७७ नम्बरको अटोमा अचानक आगलागी भएको हो । अटोमा आगलागी भएको सूचना प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । अटोमा चालकसहित चार जना सवार थिए । चारै जना सकुशल रहेका प्रहरीले जनाए...
सोलुखुम्बुमा मदिरा सेवनपछि चक्कु प्रहार गरी ४६ वर्षीय पुरुषको हत्या, युवक पक्राउ

सोलुखुम्बुमा मदिरा सेवनपछि चक्कु प्रहार गरी ४६ वर्षीय पुरुषको हत्या, युवक पक्राउ

विराटनगर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-११ गन्जेडाँडामा ४६ वर्षीय पुरुषको हत्या भएको छ । आफ्नै घरमा मृत फेला परेका तोईबहादुर कटवालको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका १९ वर्षीय रोशन भुवनसिंह कार्कीलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा कार्कीले मदिरा सेवनपछि कटवालसँग विवाद हुँदा रिसको आवेगमा चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेका छन् । घरमै मृत अवस्थामा ...
सुनको मूल्य तोलामा तीन लाख नाघ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा तीन लाख नाघ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला तीन लाख एक हजार सात सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन दुई लाख ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार छ सय ४५ रुपैयाँमा कारो...
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका धनकुटाका भुपाल धरानबाट पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका धनकुटाका भुपाल धरानबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागेका धनकुटाका एक जना पक्राउ परेका छन् । लागूऔषध मुद्दाका प्रतिवादी साँगुरीगढी गाउँपालिका-९ का ३५ वर्षीय भुपाल राई पक्राउ परेका हुन् । खोजतलासका क्रममा शनिबार धरान उपमहानगरपालिका-११ सगरमाथा टोलबाट उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । पक्राउ परेका राईलाई झुम्का कारागार पठाउने तयारी भइरहेको प...
खाेटाङमा ट्रकभित्र भेटियाे १३ सय १५ किलाे गाँजा

खाेटाङमा ट्रकभित्र भेटियाे १३ सय १५ किलाे गाँजा

विराटनगर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ बाट प्रहरीले एक हजार तीन सय १५ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले मध्यपहाडी लोकमार्गको जंगलमा रोकिराखेको ट्रकबाट गाँजा बरामद गरेकाे हाे । विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले प्र १-०२-००२ ख ००८३ नम्बरको ट्रक जाँच गरेको थियो । सो क्रममा चालक बस्ने क्याबिनभित्र फल्स बटम बनाएर लुकाएर राखिएको अवस्थामा ...
भदौदेखि सशक्त आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

भदौदेखि सशक्त आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं । नेपाल शिक्षक महासङ्घले आगामी भदौदेखि सशक्त रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ । आज तेस्रो राष्ट्रिय परिषद्का निर्णयहरू सार्वजनिक गर्दै महासङ्घले विगतका सहमति तथा पेसागत हकहितका विषयहरू सम्बोधन नभए आगामी भदौदेखि आन्दोलनमा उत्रने निर्णय गरेको हो । महासङ्घको संशोधित विधान पारित गरी शिक्षा तथा खेलकुद मन्त्रालयमा स्वीकृतिका लागि पेस गरिसकिएको जानकारी दिँदै परिषद्ले चालु आर्थिक वर्ष २०८३/८...
फ्रन्टलाइन अस्पतालमा पहिलो मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सफल

फ्रन्टलाइन अस्पतालमा पहिलो मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सफल

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले अत्याधुनिक मुटु उपचार सेवातर्फ सफलता हासिल गरेको छ । अस्पतालले आफ्नो पहिलो मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी सफलतापूर्वक सम्पन्न गर्दै सफलता हासिल गरेको हो । अस्पतालले झापाका २२ वर्षीय ब्रह्मदेव ज्वाला सिंहको मुटुमा रहेको प्वाल (एट्रियल सेप्टल डिफेक्ट) शल्यक्रियामार्फत सफलतापूर्वक बन्द गरेको छ । बिरामीको कमजोर आर्थिक अवस्थालाई ध्य...
पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका विद्यार्थीलाई स्वागत र बिदाइ

पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका विद्यार्थीलाई स्वागत र बिदाइ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ (पुसोई) कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कलेजले विद्यार्थीहरूलाई स्वागत गरेको हो । कलेजले सन् २०२५ मा बीई सिभिलतर्फ भर्ना भएका ८०, कम्प्युटर इन्जिनियरिङतर्फका ८० तथा इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ३४ जना नयाँ विद्यार्थीलाई स्वागत गरेको हो । यस्तै इन्जिनियरिङ अध्ययन पूरा ग...
जीवन विकास सामुदायिक अस्पतालमा बालबालिकाको ल्याप्रोस्कोपिक शल्यक्रिया

जीवन विकास सामुदायिक अस्पतालमा बालबालिकाको ल्याप्रोस्कोपिक शल्यक्रिया

विराटनगर । मोरङको कटहरी-२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनमा बालबालिकाहरूको ल्याप्रोस्कोपिक शल्यक्रिया सेवा सुरु गरिएको छ । अस्पतालका डा. बिनित कुमार यादव तथा उनको विशेषज्ञ टोलीले १० वर्षीय बालकको एपेन्डिसाइटिसको अत्याधुनिक ल्याप्रोस्कोपिक प्रविधिबाट सफल शल्यक्रिया गरेको हो । बराहक्षेत्र नगरपालिका-५ निवासी १० वर्षीय राहुल ऋषिदेवलाई पेट दुख्ने, वाकवाकी लाग्ने, ज...
कोइराला निवास मर्मतका लागि छुट्याइएको बजेट फिर्ता गर्ने शेखर कोइरालाको घोषणा

कोइराला निवास मर्मतका लागि छुट्याइएको बजेट फिर्ता गर्ने शेखर कोइरालाको घोषणा

विराटनगर । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक ‘कोइराला निवास’ को मर्मत सम्भारका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ बजेट स्वीकार नगर्ने घोषणा गरेका छन् । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्म घर तथा ऐतिहासिक धरोहरको रूपमा रहेको विराटनगर महानगरपालिका-७, कोशी अस्पताल चोकस्थित कोइराला निवास मर्मतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार

२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार

काठमाडौं । आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहारको नतिजा सार्वजनिक गरिएको छ । आज अर्थ मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै उपहार पाउनेहरूको नाम सार्वजनिक गरिएको हो । जसमा शिव कृष्ण जनरल स्टोरबाट २५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको उपहार पाएका छन् । १० लाख रुपैयाँ विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको...
चार वर्षीया बालिकाको हत्या आरोपमा मोरङबाट एक जना पक्राउ

चार वर्षीया बालिकाको हत्या आरोपमा मोरङबाट एक जना पक्राउ

विराटनगर । मोरङमा चार वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सुनवर्षी नगरपालिका-९ डाइनिया मुस्लिम टोल बस्ने जफारुल मियाँकी ४ वर्षीया छोरी कायानत खातुनको हत्या आरोपमा सोही ठाउँका ५९ वर्षीय जान महमद मन्सूरी पक्राउ परेका हुन्। गत साउन ८ गते बालिका खातुन घन्सी घारीभित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको अनुसन्धान गर्ने क्रममा मन्सूरीको संलग्नता देखिएपछि प्रहरीले...
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन् । नेता प्रकाशशरण महतका अनुसार देउवा साउन २६ गते बेलुका स्वदेश फर्कने भएका हुन् । देउवा उपचारका लागि चुनावअघि सिंगापुर गएका थिए । त्यहाँबाट उनी थप उपचारका लागि हङकङ गएका छन् । उनी हङकङबाट स्वदेश फर्कन लागेका बताइएको छ । यसअघि देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायलाई...
इटहरीमा १६ वर्षीय किशोर मृत्यु प्रकरण : बाबु र सौतेनी आमासहित चार जना पक्राउ

इटहरीमा १६ वर्षीय किशोर मृत्यु प्रकरण : बाबु र सौतेनी आमासहित चार जना पक्राउ

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका-९ भद्र टोलमा १६ वर्षीय किशोर मृत फेला परेको घटनामा चार जना पक्राउ परेका छन् । उनीहरूलाई आत्महत्या दुरुत्साहनको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको हो । स्थानीय नन्द बिष्टको घरमा डेरा गरी बस्ने बुद्धि सागर न्यौपानेका छोरा सरोज न्यौपाने साउन १९ गते दिउँसो साढे २ बजे आफ्नै कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका थिए । घटनापश्चात आत्महत्या दुरुत्साहन दिन न...
सवारी चेकिङमा शिष्ट र मर्यादित व्यवहार गर्न ट्राफिकलाई कोशीका डीआइजी खनालको निर्देशन

सवारी चेकिङमा शिष्ट र मर्यादित व्यवहार गर्न ट्राफिकलाई कोशीका डीआइजी खनालको निर्देशन

सुनसरी । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण गरेका छन् । आज निरीक्षणमा पुगेका खनालले त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन समेत दिएका छन् । उनले सवारी दुर्घटना न्यूनीकरणको लागी विशेष अभियान संचालन गर्न तथा दैनिकरूपमा ट्राफिक चेकजाँचलाई प्रभावकारी बनाई तीव्र गति, ओभर...
लेटाङबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

लेटाङबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिका-९ बाट जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय आदित्य भनिने गंगाबहादुर गुरुङ छन् । प्रहरीका अनुसार सोही स्थानमा दिदी भिनाजुको घरमा बस्दै आएकी महिलालाई साउन १६ गते राति गुरुङले जबरजस्ती करणी गरेका थिए । पीडित बसेकै घरको कोठामा लगेर मुख थुनी निजको इच्छा विपरीत जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा गुरुङलाई ...
जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी तेह्रथुमबाट पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कैदी तेह्रथुमबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-८ सोल्माका ३५ वर्षीय छत्रबहादुर नेपालीलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो । जिल्ला अदालत तेह्रथुमले नेपालीलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैदको फैसला सुनाएको थियो । ९ वर्ष कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा उनी २०८२ भदौ २३ र २४ ...
कर्मचारीको वृद्धि भएको तलब र सुविधा निर्धारण, कसले कति पाउँछन् ?

कर्मचारीको वृद्धि भएको तलब र सुविधा निर्धारण, कसले कति पाउँछन् ?

काठमाडौं । सरकारले नयाँ आर्थिक वर्षबाट वृद्धि भएको कर्मचारीहरूको तलबमान र सुविधा निर्धारण गरेको छ । अर्थमन्त्रालयले सबै मन्त्रालय आयोग, सचिवालय र कार्यालयहरूलाई वृद्धि भएको तलब, ग्रेड र मासिक प्रोत्साहन भत्ता वापतको रकम कायम गरेर त्यसअनुसार गर्न परिपत्र गरेको हो । निजामती सेवाको सबैभन्दा उपल्लो पद मुख्य सचिवको तलब अब ९० हजार ५९४ हुनेछ । मुख्यसचिवको सुरु स्केल ८४ हजार ९३२ हुनेछ भने त्यसमा दुई ग...
धनकुटाबाट ६४७ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

धनकुटाबाट ६४७ किलो गाँजासहित ट्रक चालक र सहचालक पक्राउ

विराटनगर । धनकुटाबाट ६४७ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट आज बिहान करिब ५ः३० बजे उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका-३ का २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमि गाउँपालिका-१ का ३६ वर्षीय तुलराम राई छन् । कोशी लोकमार्गबाट विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परे...
सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ह्वात्तै बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला आठ हजार रुपैयाँ बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । ब...
error: Content is protected !!