आज काग तिहार

आज काग तिहार

विराटनगर । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा खानेकुरा दिएर मनाइँदैछ । यस वर्षको यमपञ्चक हिजोदेखि शुरु भएको हो । हिजो दिउँसोसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लागेकाले आज काग तिहार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान सूर्याेदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज यो पर्व म...
संखुवासभाको हिमालय माविमा छात्रवृत्ति वितरण

संखुवासभाको हिमालय माविमा छात्रवृत्ति वितरण

विराटनगर । संखुवासभाको हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । सेवा र विकासका लागि युवा र ओरेगन नेपाली समाजको सहकार्यमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालले छात्रवृत्ति प्रदान गरेको हो । कक्षा ८ मा अध्ययनरत लगनशील विद्यार्थी प्रशान्त विश्वकर्मालाई १४ हजार छात्रवृत्तिसँगै सम्मानपत्र प्रदान गरिएको परिषद्ले जनाएको छ । उनीजस्तै विद्यार्थीहरूलाई प्रोत्साहन गर्न...
कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६३.४२ प्रतिशत उत्तीर्ण

कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६३.४२ प्रतिशत उत्तीर्ण

काठमाडौं । कक्षा ११ को आंशिक र ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो । गत जेठ १३ गतेदेखि २१ गतेसम्म भएको परीक्षामा कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएका थिए । सहभागी भएका विद्यार्थीमध्ये ९ हजार ४५६ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न...
धनकुटाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

धनकुटाबाट ब्राउन सुगरसहित एकजना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-७ का ३० वर्षीय निर्मल पौडेल छन् । बिहीबार साँझ ७ बजे बसपार्कबाट जिरो प्वाईन्ट जाँदै गरेको प्रदेश नम्बर १-०२-०५८ प ४३८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा हेल्मेटभित्र तीन वटा र मुखभित्र ६ वटा प्लाष्टिकको पोकामा एक ग्राम २४५ मिलिग्राम ब्राउन...
सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ७ हजार १ सय बढ्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन ७ हजार १ सय बढ्यो

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन प्रतितोला सात हजार एक सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार बिहीबारको तुलनाम...
शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई हाजिर गराएको भन्दै विरोध

शिक्षिकामाथि जातीय विभेद गर्ने प्रधानाध्यापकलाई हाजिर गराएको भन्दै विरोध

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-७ स्थित नाम्जाङ माध्यमिक विद्यालयमा कार्यरत शिक्षिकामाथि जातीय विभेद भएको भन्दै सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल र सङ्घीय दलित मुक्ति मञ्चले तीव्र विरोध जनाएका छन् । उक्त घटनाको विरोधस्वरूप मञ्चले बिहीबार कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । २०८२ भाद्र ११ गते विद्यालयकी प्रधानाध्य...
टी-२० विश्वकप छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दै

टी-२० विश्वकप छनोटको उपाधिका लागि आज नेपालले सामोआसँग खेल्दै

विराटनगर । आईसीसी टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर-सिक्सको आफ्नो अन्तिम खेलमा आज नेपालले सामोआसँग खेल्दैछ । खेल ओमानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । शीर्ष स्थानमा रहेको नेपाललाई आजको खेलसँगै टी-२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको उपाधि जित्ने अवसर छ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा विश्वकप खेलेको थियो । नेपालको यो तेस्रो पटकको विश्वकप या...
झापामा सर्पको टोकाइबाट १० वर्षीय बालकको मृत्यु

झापामा सर्पको टोकाइबाट १० वर्षीय बालकको मृत्यु

झापा । झापामा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-११ चाम्लिङ डाँडामा गएराति सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीय बालक अनिष राईको मृत्यु भएको हो । प्रहरीका अनुसार इन्द्रबहादुर राईका छोरा अनिषलाई ओछ्यानमै विषालु सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि चारआलीस्थित सेनाको सर्पदंश उपचार केन्द्र र त्यसपछि बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका ...
जेनजी आन्दोलनमा भागेका कैदी चोरीको स्कुटरसहित विराटनगरबाट पक्राउ

जेनजी आन्दोलनमा भागेका कैदी चोरीको स्कुटरसहित विराटनगरबाट पक्राउ

विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक कैदी चोरीको स्कुटरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी-२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल छन् । उनलाई बुधबार राति १०ः३० बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ । विराटनगर-१ नेता चोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरेर भागेका उनलाई विराटनगर-१६ दरैयाबाट पक्राउ गरिएको हो । चेकजाँचका क्रममा स्कुटर...
झापामा खोलामा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु

झापामा खोलामा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु

विराटनगर । झापाको गौराहदह नगरपालिका-९ स्थित सिस्ने खोलामा तीन बालिकाको मृत्यु भएको छ । आज दिउँसो माछा मार्ने क्रममा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अञ्जु मगरका ७ वर्षीया छोरी सुष्मा र ९ वर्षीया स्वीकृति मगर तथा निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियारको मृत्यु भएको हो । ‘चार जना बालिका माछा मार्न गएको भन्ने खुलेको छ’ जिल्ला प्...
मोरङमा उखुबारीभित्र कसले छाड्यो नाबालिका ?

मोरङमा उखुबारीभित्र कसले छाड्यो नाबालिका ?

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-६ कदमाहाको उखुबारीमा फेला परेकी नाबालिकालाई आश्रममा बुझाइएको छ । अभिभावक पत्ता नलागेपछि संरक्षणका लागि विराटनगर-१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा बुझाइएको हो । ‘अभिभावकहरू अहिलेसम्म पत्ता लागेको छैन । अभिभावक पत्ता नलागुन्जेलसम्मका लागि संरक्षणका लागि संस्थाको जिम्मा लगाएका छौँ’, मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले संगालोखबरसँग भनिन्, ‘अभिभावक ख...
भूमि समस्या समाधान आयोग पुर्नस्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

भूमि समस्या समाधान आयोग पुर्नस्थापनाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

धनकुटा । भूमि समस्या समाधान आयोग पुनर्स्थापना गर्नुपर्ने माग गर्दै भूमि अधिकार तथा श्रमिक सङ्गठन र अखिल नेपाल किसान महासङ्घ धनकुटाले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । बुधबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । २०८२ असोज २३ गते गठित भूमि समस्या समाधान आयोग खारेज गरेर भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोवासी, श्...
सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । आज प्रतितोला दुई हजार रुपैयाँ बढेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला तीन हजार दुई सय...
जिल्ला प्रशासनको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा पहिलो

जिल्ला प्रशासनको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा पहिलो

विराटनगर । जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा प्रथम भएको छ । मंगलबार गृह मन्त्रालयले प्रकाशन गरेको नतिजा अनुसार ३२ पूर्णाङ्कको मूल्याङ्कनमा पहिलो स्थानको धनकुटाले ३०.०६२५ अङ्क प्राप्त गरेको छ । आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमास (वैशाखदेखि असारसम्म)को कार्यसम्पादन मूल्याङ्कनको आधारमा ७६ जिल्लालाई पछाडि पार्दै धनकुटा प्रथम भएको हो । यस्तै यसअघि ५८ औं स्थानमा रहेको मोरङ ...
नेपाल टी-२० विश्वकपमा छनोट

नेपाल टी-२० विश्वकपमा छनोट

विराटनगर । नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक ती-२० विश्वकपका लागि छनोट भएको छ । सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट भएको हो । यसअघि नेपालले २०२४ र सन् २०१४ को टी-२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले अर्को वर्ष हुने टी-२० विश्वकपमा टिकट पक्का गरेको हो । आज युएईले सामोआल...
विराटनगरको व्यस्त रंगेली रोडको मारुती मेडिकलमा चोरी

विराटनगरको व्यस्त रंगेली रोडको मारुती मेडिकलमा चोरी

विराटनगर । विराटनगर महानगरपालिका-९ स्थित रंगेली रोडको मारुती मेडिकल हलमा चोरी भएको छ । मंगलबार राति मेडिकलको सटर खोलेर नगद चोरी भएको हो । मेडिकल संचालक अरुण पौडेल मंगलबार राति १०ः३० बजे पसल बन्द गरेर घर गएका थिए । बिहान आउँदा चोरी भएको थाहा पाएको उनको भनाइ छ । उनले १५/१६ हजार नगद चोरी भएको सुनाए । विराटनगरकै व्यस्त ठाउँमा यसरी चोरी हुनु दुःखद भएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल...
सुनसरीको भोक्राहामा क्यारम बोर्ड खेल्ने विषयमा विवाद हुँदा ९ जना घाइते

सुनसरीको भोक्राहामा क्यारम बोर्ड खेल्ने विषयमा विवाद हुँदा ९ जना घाइते

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-१ मा गएराति दुई पक्षबीच झडप भएको छ । विवाद झडपमा परिणत हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा ४ महिला, ४ पुरुष र १ किशोरी रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्यारम बोर्ड खेल्ने विषयलाई लिएर स्थानीयबीच विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घाइतेहरूमध्ये केहीको अवस्था सामान्य र केहीको मध्यम रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएस...
मोरङको जहदामा घरनजिकै पोखरीमा पुरुषको शव फेला

मोरङको जहदामा घरनजिकै पोखरीमा पुरुषको शव फेला

विराटनगर । मोरङको जहदा गाउँपालिका-५ केवरत टोलमा घरनजिकै पोखरीमा एक पुरुषको शव फेला परेको छ । आज बिहान ६० वर्षीय सतन महतोको शव फेला परेको हो । प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोष्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
धनकुटा बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६ जना घाइते

धनकुटा बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६ जना घाइते

धनकुटा । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान करिब ११ः४५ बजे धनकुटा नगरपालिका-३ निगालेमा प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा महालक्ष्मी-६ की ५५ वर्षीया गंगा कार्की र महालक्ष्मी-९ का ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेमध्...
धनकुटाको निगालेमा बस दुर्घटना

धनकुटाको निगालेमा बस दुर्घटना

धनकुटा । धनकुटाको निगालेमा बस दुर्घटना भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिकास्थित जितपुर जाँदै गरेको प्रदेश १-०२-००१ ख ९६०६ नम्बरको बस आज केहीबेरअघि दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । थप विवरण आउन बाँकी छ । धनकुटा बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, ६ जना घाइते
हिरासतबाट भागेका युवक स्कार्पियो चोरी गर्दैगर्दा पक्राउ

हिरासतबाट भागेका युवक स्कार्पियो चोरी गर्दैगर्दा पक्राउ

सप्तरी । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त थानकोट काठमाडौंको हिरासतबाट भागेका युवक सप्तरीबाट स्कार्पियो चोरी गर्दागर्दै पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर नगरपालिका-३ का २१ वर्षीय अमन यादव छन् । लागूऔषध कारोबार मुद्दामा पक्राउ परेका यादव गत भदौ २४ मा प्रहरी हिरासतबाट भागेका थिए । हिरासतबाट भागेका उनको खोजतलास भइरहेकोमा सोमबार बिहान रुपनी गाउँपालिका-६ विरेन्द्र बजारबाट स्कार्प...
खोटाङको दिक्तेल रूपाकोटले अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने

खोटाङको दिक्तेल रूपाकोटले अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले दरबन्दीबाहेकका अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने भएको छ । मंगलबारको कार्यपालिका बैठकले दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको हो । नगरपालिकाका अनुसार अर्थ मन्त्रालयबाट प्राप्त पत्रको आधारमा उक्त निर्णय भएको हो । आगामी कात्तिक १ देखि लागुहुनेगरि दरबन्दीविहीन अस्थायी, करार र ज्यालादारी कर्मचारी हटाउन...
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज प्रतितोला चार सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४८ हजार नौ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर तीन...
सरकारले निजी स्वास्थ्य संस्थालाई कमजोर बनाउँदैछ : सोइना शर्मा

सरकारले निजी स्वास्थ्य संस्थालाई कमजोर बनाउँदैछ : सोइना शर्मा

काठमाडौं । काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइना शर्माले नेपालमा निजी स्वास्थ्य संस्थामाथि सरकारले चलाइरहेको नीति र व्यवहारप्रति कडा आपत्ति जनाएकी छन् । देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड निजी क्षेत्र भएपनि सरकारले उल्टै यही शक्तिलाई कमजोर पार्ने प्रयास गरिरहेको उनको भनाइ छ । उनका अनुसार अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (काठमाडौं) जस्...
प्रशासन कार्यालय मोरङबाट सबै सेवा सुचारु

प्रशासन कार्यालय मोरङबाट सबै सेवा सुचारु

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सबै सेवा सुचारु गरेको छ । गत भदौमा भएको आगजनी र तोडफोडका कारण ध्वस्त बनेको कार्यालयले मर्मत सम्भार पछि सबै सेवा सुचारु गरेको हो । कार्यालयले राष्ट्रिय परिचयपत्र र राहदानी सेवालाई व्यवस्थित गर्न नयाँ तालिका सार्वजनिक गरेको छ । सेवाग्राहीको चाप र समस्यालाई मध्यनजर गर्दै कार्यालयले दुवै सेवाका लागि छुट्टाछुट्टै सूचना जारी गरी नयाँ व्यवस्था लागू गरेको हो । ...
धनकुटामा तीन हजार बोट गाँजा नष्ट

धनकुटामा तीन हजार बोट गाँजा नष्ट

धनकुटा । धनकुटामा प्रहरीले तीन हजार गाँजाको बोट नष्ट गरेको छ । सोमबार सहिदभूमि गाउँपालिका-३ को विभिन्न स्थानबाट प्रहरीले गाँजाको बोट नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बारीमा प्राकृतिक रूपमा उम्रिएको गाँजाको बोट फडानी गरेर जलाएर नष्ट गरिएको छ । करिब साढे १ रोपनी क्षेत्रफलको गाँजा नष्ट गरिएको प्रहरीको भनाइ छ ।
पाँचथरमा मोटरसाइकल खोल्सामा खस्दा एक जनाको मृत्यु

पाँचथरमा मोटरसाइकल खोल्सामा खस्दा एक जनाको मृत्यु

विराटनगर । पाँचथरको फिदिम नगरपालिका-१३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका-१३ का ४२ वर्षीय हर्क राईको मृत्यु भएको हो । आज बिहान गाउँबाट दूध सङ्कलन गरेर डेरीतर्फ फर्कँदै गर्दा मोटरसाइकल स्थानीय सेतापानी खोल्सामा खसेको प्रहरीले जनाएको छ । पहिरोले क्षति भएर मर्मत भइनसकेको सडकबाट मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ ।
विराटनगरबाट १० लाख बराबरको कपडा र किराना सामान बरामद

विराटनगरबाट १० लाख बराबरको कपडा र किराना सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिका-७ बाट प्रहरीले १० लाख मूल्य बराबरको कपडा र किराना सामान बरामद गरेको छ । आज बिहान करिब १० बजे बेवारिसे अवस्थामा प्रहरीले सामान बरामद गरेको हो । मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार नौ लाख ५७ हजार मूल्य बराबरको कपडा र ५४ हजार मूल्य बराबरको किराना सामान बरामद भएको छ । बरामद भएको सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय रानीमा पठाइएको डीएसपी चुडाल...
अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाललाई ९ मेडल

अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाललाई ९ मेडल

विराटनगर । अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाललाई ९ मेडल प्राप्त भएको छ । बंगलादेशमा भएको बिओके कप छैटौँ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालले ९ मेडल जितेको हो ।   कुमुते १२ देखि १४ वर्ष उमेर समूहमा ४० किलो तौलतर्फ अस्टिन उप्रेतीले मेडल प्राप्त गरेका छन् भने १४ देखि १६ वर्ष उमेर समूहमा ४५ किलो तौलतर्फ रेहिन थापाले मेडल प्राप्त गरेका छन् । यस्तै १८ देखि २० वर्ष उमेर समूहमा...
पूर्णबहादुर खड्कालाई काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

पूर्णबहादुर खड्कालाई काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली काँग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । आज पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति खड्कालाई दिएको हो । सभापति देउवाले सम्बोधन गरिसकेपछि आजको बैठक सकिएको छ । अब पर्सि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खड्काले गर्नेछन् । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि देउवा पहिलोपटक सार्वजनिक भ...
सुनसरीमा एटीएम मेसिन तोडफोड गर्ने व्यक्ति पक्राउ

सुनसरीमा एटीएम मेसिन तोडफोड गर्ने व्यक्ति पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बयरवनमा रहेको प्रभु बैंकको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सोही वडास्थित खार खोलाका २७ वर्षीय सञ्जीव राई छन् । सोमबार अपराह्न एटीएम तोडफोड भइरहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी क...
error: Content is protected !!