संगालोखबर

काठमाडौंविनाशकारी बाढीले घरसँगै उपचारका लागि जोहो गरेर राखेको रकम बगाएपछि जीवन र मृत्युको दोसाँधमा पुगेकी रसुवाकी विष्णुकुमारी डंगोलको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा निःशुल्क मिर्गौला प्रत्यारोपण प्रक्रिया सुरु भएको छ ।

आर्थिक अभावले जटिल रोगको उपचार रोकिने र जीवनै संकटमा पर्ने अवस्थामा पुगेकी ४१ वर्षीया विष्णुकुमारीलाई केएमसीका सञ्चालक डा.सुनिल शर्माले निःशुल्क मृगौला प्रत्यारोपण गराइदिन लागेका हुन् ।

बिरामी विष्णुकुमारीलाई भेटेर डा.शर्माले मिर्गौला प्रत्यारोपणमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने जानकारी दिएका छन् । डा.शर्माले उपचार खर्च मात्र नभएर अस्पतालमा रहँदा बिरामी र कुरुवाका लागि निःशुल्क खानाको व्यवस्था पनि मिलाइदिएपछि डंगोल परिवारमा आशा पलाएको छ ।

कठिन घडीमा डा.शर्मा आफूहरूका लागि भगवान बनेर उभिएको बिरामीका श्रीमान राजकुमार बताउँछन् । ‘हाम्रो सर्वस्व बगायो भन्ने पीडा त छँदै थियो । तर आज भगवानरुपी सुनिल सरले हामीलाई नयाँ जीवन दिँदै हुनुहुन्छ’, उनले भने ।

अब, बिरामी विष्णुकुमारी अस्पतालमा भर्ना भएदेखि सफल प्रत्यारोपण सम्पन्न भएर डिस्चार्ज हुँदासम्मको सम्पूर्ण उपचार खर्च, औषधि, बेड चार्ज लगायत सबै निःशुल्क हुने केएमसीले जनाएको छ।

अत्यन्तै महँगो मानिने मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क पाइने भएपछि डंगोल परिवारमा खुसी छाएको छ । डा.शर्माले यसअघि नै केएमसीमा बाढीपीडितलाई निःशुल्क उपचार गर्ने घोषणा गरिसकेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!