संगालोखबर


विराटनगर । विराटनगरमा शनिवार सम्पन्न राधाकृष्ण रथ यात्राका क्रममा ५ वटा सुनको सिक्री हराएका छन् । सोमबारसम्म सम्बन्धित व्यक्तिले मोरङ प्रहरीमा सुनको सिक्री हराएको निवेदन दिएका हुन् ।

‘रथ यात्राका क्रममा पाँच वटा सिक्री हराएको निवेदन आएका छन् । यो हिजोसम्मको तथ्याङ्क हो’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘यस सम्बन्धमा हामीले खोज अनुसन्धान गरिरहेका छौँ ।’

पर्स लगायतका सामान पनि हराएका भनेर निवेदन आएका उनले जानकारी दिए । निवेदन आउने क्रममा रहेकाले यो संख्या बढ्नसक्ने प्रहरीको अनुमान छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!