संगालोखबर


सुनसरी । इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका-४ का ६८ वर्षीय गोपाल कार्कीको आज बिहान मृत्यु भएको हो ।

बाल यौन दुरुपयोग मुद्दामा उनलाई अनुसन्धानका लागि भदौ ५ गतेदेखि हिरासतमा राखिएको थियो ।

हिरासतमा बेहोस अवस्थामा फेला परेपछि कार्कीलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान ४ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण खुल्न बाँकी रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए । शव पोस्टमार्टमका लागि घोपामा नै राखिएको छ । कार्की नेपाल प्रहरीका पूर्वहवल्दार रहेका जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!