
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार सात सय ५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला चार हजार सात सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 














