संगालोखबर


विराटनगर । विराटनगरमा शनिबार सम्पन्न राधाकृष्ण रथयात्राका क्रममा ७० थान मोबाइल चोरी भएका छन् । सोमबारसम्म मोरङ प्रहरीमा उक्त संख्यामा मोबाइल हराएको भनेर खोजीका लागि निवेदन परेका हुन् ।

‘रथयात्राका क्रममा विभिन्न ब्रान्डका ७० थान मोबाइल चोरी भएको भनेर खोजीका लागि निवेदन आएका छन्’, मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘निवेदन आउने क्रम जारी रहेकाले यो संख्या अझै बढ्न सक्छ ।’

रथयात्राका क्रममा ५ वटा सुनको सिक्री पनि हराएका छन् । प्रहरीले रथयात्रामा अवान्छित गतिविधि गरेको आरोपमा ११३ जनालाई पक्राउ परेको थियो । जसमध्ये १७ जनामाथि विभिन्न कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!