संगालोखबर


विराटनगर । जेनजी आन्दोलन भएको एक वर्ष पुगेको छ । गतवर्ष भदौ २३ गते भएको आन्दोलनमा गोली लागेर जेनजी युवाहरूको मृत्यु भएपछि २४ गते आन्दोलन हिंसात्मक बनेको थियो ।

जेनजी आन्दोलनका क्रममा देशभर ७६ जनाले ज्यान गुमाए । प्रहरीको गोली लागेर युवाहरूको मृत्यु भएपछि आक्रोशित समूहले २४ गते देशभर प्रदर्शन र आगजनी गरे ।

आन्दोलनका क्रममा सरकारी संरचना र व्यक्तिगत घर तथा व्यवसायिक प्रयोजनका भवनमा आगजनी र तोडफोड भएको थियो । आन्दोलनको प्रत्यक्ष असर विराटनगरमा पनि पर्यो ।

विराटनगरको प्रदेश सभा भवन, जिल्ला प्रशासन कार्यालय, विभिन्न सरकारी कार्यालय र भाटभटेनी सुपरमार्केट तोडफोड, आगजनी र लुटपाटबाट ध्वस्त पारियो । कोशी प्रदेशमा आन्दोलनका क्रममा १० जनाले ज्यान गुमाए  ।

आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरका संरचना यसरी ध्वस्त पारिएको थियो ।

तस्बिर : मोहन ढकाल/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!