धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-७ जितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । निर्माणाधीन नगर अस्पतालमा शनिवार साँझ करिब ५ बजे पानी तान्ने मोटरबाट विद्युत सर्ट भएर करेन्ट लाग्दा महालक्ष्मी-६ बस्दै आएका ४१ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भएका राई निर्माण व्यवसायी हुन् । सोही नगर अस्पताल निर्माणको काम गर्दै आएका राई करेन्ट लागेर गम्भीर घाइते भए...
























