- गोमा ढुंगाना/संगालोखबर

धनकुटा। सरकारले निर्वाचनको मिति सारेर जनतालाई मध्य बर्खामा समस्या सृजना गराएको भन्दै बरिष्ठ साहित्यकार झमक घिमिरेले सरकारप्रति आक्रोस ब्यक्त गरेकी छन ।

सोमबार राति करिव १२ बजे सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै साहित्यकार घिमिरेले सरकार प्रति आक्रोस ब्यक्त गरेकी हुन । स्टाटसमा उनले लेखेकी छन ‘सरकारले दोस्रो चरणको स्थानीय निर्वाचन सारेर नहुने काम गर्यो ।’ सरकारले जनताको संवेदनशिलता नबुझी मध्य बर्खामा चुनाव सार्नु गल्ति भएको उनको ठम्याई छ ।

Advertisement

‘जनता बाली लगाउँन बारीतिर जाँने कि, मतदान केन्द्रतिर ?’ घिमिरेले सरकारलाई प्रश्न गरेकी छन । मध्यबर्खामा चुनाव गर्दा सवै जनता मतदान गर्न जाँन नसक्ने मनसाय ब्यक्त गर्दै घिमिरेले २० बर्षपछि जनप्रतिनिधी चुन्ने प्रकृयालाई असहज समयमा पुर्याएर जनतालाई समस्या सृजना गराईएको विचार ब्यक्त गरेकी हुन ।

उनले प्रधानमन्त्री बन्न लागेको कांग्रेस सभापति शेरबहादुर देउवामाथि पनि घुमाउँरो तरिकाले प्रहार गरेकी छन । ‘दलहरुको वीचमा सत्ता हस्तान्तरण गर्ने सहमति भएपनि संवेदनशील परिस्थितीलाई बुझ्न पथ्र्यो’ साहित्यकार घिमिरेले लेखेकी छन ‘सत्ता समात्न हतार हुनेले जनताको मनस्थितीलाई बुझ्न आवश्यक थियो ।’

पहिलो चरणमा जस्तै दोस्रो चरणको चुनावमा कुटाकुट, मारामार र मतपत्र च्यात्तेर जनमतको अपमान नगर्न पनि घिमिरेले आग्रह गरेकी छन ।

साहित्यकार झमक घिमिरे ।

धनकुटाको कचिडे घर भएकी साहित्यकार घिमिरेले ‘जीवन काँडा कि फूल’ कृति मार्फत मदनपुरस्कार पाएकी थिईन् । उनलाई मध्यपश्चिम बिश्वबिद्यालयले ०७३ भदौमा मानार्थ बिद्याबारिधीको उपाधीबाट सम्मान गरेको छ ।

शारिरीक रुपमा असक्त भएर पनि खुट्टाको सहायतामा कलम चलाएर साहित्य क्षेत्रको उचाईमा पुग्न सफल घिमिरेका हालसम्म १३ वटा कृति प्रकाशित छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!