गोमा ढुंगाना/संगालोखबर

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-६ लालमारी श्रीलङ्का टोलस्थित मयुर सामुदायिक बनभित्र तीन वटा भरुवा बन्दुक भेटिएको छ । आइतबार साँझ करिब ६ः३० बजे झाडीमा बोराभित्र राखिएको अवस्थामा बन्दुकसहित त्यसमा प्रयोग हुने सामग्रीहरू फेला परेको हो ।

बनमा चोरी शिकारी हुने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको गस्ती टोलीले बन्दुकसहित नाल, बारुद र व्यारिङ फेला पारेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रहरीले जंगलबाट तीन वटा बन्दुकसँगै फलामको नाल १ थान, वारुद १९ ग्राम २४० मिलिग्राम, फलामको ब्यारिङ १८ वटा र फलामको टुक्रा १३ वटा बरामद गरेको छ ।

बन्दुकसहित ती सामग्री कसले राखेको खुलेको छैन । बन्दुकसहितका सामग्रीलाई उर्लाबारी ल्याएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!