गोमा ढुंगाना/संगालोखबर
पर्यटकीय स्थल धनकुटाको भेडेटार ।

विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आज कोशी प्रदेशको राजधानी विराटनगरमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गरिदैछ ।

होटल स्टन स्टारमा बिहान ११ बजे हुने कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्ष घोषणा गर्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले जानकारी दिए । पर्यटन वर्ष घोषणापछि मुख्यगरी ११ काम गर्ने योजना तय गरिएको छ । नीतिगत कार्यव्यवस्था पुनरावलोकन, भ्रमण वर्ष कार्यसञ्चालन कार्यविधि तर्जुमा, संरचनागत एवं बजेटको व्यवस्थापन र भ्रमण वर्षको सचिवालय सञ्चालन गरिनेछ । पर्यटन सेवा क्षेत्रको व्यवसायिक विकास र प्रवर्द्धन, पर्यटकको सहजताका लागि यातायातको व्यवस्थापन, पर्यटन क्षेत्रको दिगो विकासका लागि संस्थागत संरचना निर्माण लगायत काम गर्ने योजना निर्माण गरिएको छ ।

Advertisement

पर्यटन वर्ष घोषणा गरेर पर्यटन क्षेत्रको दिगो विकासमार्फत समृद्धिको आधार तय गर्ने लक्ष्य राखेको प्रदेश सरकारले घुम्न लायक ८२ गन्तव्यको सूची पनि तयार गर्दैछ । प्राकृतिक सौन्दर्यता, जैविक विविधता, बहुजातीय, बहुभाषिक, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेकाले कोशी प्रदेशमा पर्यटकलाई लोभ्याउने प्रशस्त आधार छन् ।

नेपालका विभिन्न जिल्लासहित छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउँन सकिने भएकाले उनीहरूलाई आकर्षित गरिनेछ । पर्यटन वर्षमा पर्यटकको सङ्ख्या र बसाइ अवधिलाई २५ प्रतिशत वृद्धि गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!