संगालोखबर
फाइल तस्वीर

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार नतिजाको काम अन्तिम चरणमा पुगेको हो ।

नतिजा प्रकाशनका लागि आज बोर्ड बैठक बस्ने तयारी छ । तर बैठक बस्ने समयतालिका निर्धारण भइसकेको छैन । बोर्ड बैठक बसेपछि नतिजा प्रकाशनको टुङ्गो लाग्नेछ ।

Advertisement

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!