बाराको सिमरामा पुनः कफ्र्यू आदेश जारी
बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा पुनः कफ्र्यू आदेश जारी गरेको छ । आज बिहानै देखी सिमरामा जेनजीहरूले प्रदर्शन सुरु गरेपछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।
प्रशासनले दिउँसो १ बजेदेखि राति ८ बजेसम्मका लागि कफ्र्यू लगाएको हो । वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थ...





























