विराटनगरको मार्टस कलेजमा कक्षा सुरु हुनुअघि शिक्षक तथा कर्मचारीसँग ‘प्रि-सेसन मिटिङ’
विराटनगर । विराटनगरको मार्टस मेमोरियल कलेजले कक्षा ११ को पढाई सुरु हुनुअघि शिक्षक तथा कर्मचारीहरूसँग आज ‘प्रि-सेसन मिटिङ’ गरेको छ । यही असार ११ गतेबाट कक्षा ११ को पढाई सुरु गर्ने तयारी गरेको मार्टस कलेजले शैक्षिक सत्रलाई व्यवस्थित, मर्यादित र नतिजामूलक बनाउन पूर्वतयारी स्वरुप मिटिङ गरेको हो ।
मिटिङमा ६९ जना शिक्षक, कर्मचारी तथा संस्थापक निर्देशकहरू सहभागि थिए । कार्यक्रममा गुणस्तरीय शिक्षा प्रद...































