
विराटनगर । काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज पुनः काठमाडौं नै फर्काइएको छ ।
आज दिउँसो १ बजेतिर काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ७०७ मा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।
उडानको क्रममा प्राविधिक समस्या देखिएपछि सुरक्षा सतर्कता अपनाउँदै जहाजलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरले जनाएको छ । उक्त जहाजका यात्रुलाई अर्को जहाजमा राखेर गन्तव्यमा पठाइएको छ ।

संगालोखबर 



















