एनपिएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

एनपिएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले साविक विजेता जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको जनकपुरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३५ रन बनाएको छ । कुनै ब्याटर पनि अर्धशतक प्रहार गर्न नसकेको विराटनगरका लागि शुभन रन्जनेले सबैभन्दा बढी ३७ रन बनाए । यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर काठमान्डु ...
सिराहाबाट एक हजार किलो गाँजासहित संखुवासभा र धनकुटाका दुई युवा पक्राउ

सिराहाबाट एक हजार किलो गाँजासहित संखुवासभा र धनकुटाका दुई युवा पक्राउ

सिराहा । सिराहाको लहान नगरपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गबाट गाँजा बोकेको ट्रकसहित प्रहरीले दुई युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका-९ छिपीधाराका २४ वर्षीय टंक विश्वकर्मा र धनकुटाको छथर जोरपाटी गाउँपालिका-२ का २२ वर्षीय खेम राना मगर छन् । प्रहरीका अनुसार विश्वकर्मा ट्रक चालक हुन भने मगर सह-चालक हुन् । विशेष सूचनाका आधारमा ना ५ ख ३२०९ नम्बरको मालवाहक ट्रकलाई चे...
सभामुख घिमिरे कोशी प्रदेशसभा भवन निरीक्षणका लागि विराटनगर आउँदै

सभामुख घिमिरे कोशी प्रदेशसभा भवन निरीक्षणका लागि विराटनगर आउँदै

विराटनगर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कोशी प्रदेशसभाको नयाँ कार्यालय भवन निरीक्षण तथा प्रदेश सभासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्न विराटनगर आउने भएका छन् । जेनजी आन्दोलनका कारण पूर्णरूपमा ध्वस्त प्रदेश सभा कटहरी गाउँपालिकाको तरकारी बजार क्षेत्रमा सारिएको छ । संघीय संसद् सचिवालयका अधिकृत प्रविन राईद्वारा जारी सूचनामा सभामुख घिमिरे सोमबार दिउँसो साढे ३ बजे विराटनगर आइपुग्नेछन् । सभ...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँ घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४२ हजार सात सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तीन ...
जेनजी आन्दोलनमा चितवनबाट फरार भएका बन्दी झापामा पक्राउ

जेनजी आन्दोलनमा चितवनबाट फरार भएका बन्दी झापामा पक्राउ

झापा । जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-८ का २९ वर्षीय आशिष सुब्बा छन् । सुब्बा सालकको आखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको हो । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय ...
नेता ढकाल र बस्नेतमाथि दुर्व्यवहार प्रयास भएको भन्दै एमाले कोशीको आपत्ति 

नेता ढकाल र बस्नेतमाथि दुर्व्यवहार प्रयास भएको भन्दै एमाले कोशीको आपत्ति 

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि दुर्व्यवहार तथा आक्रमणको प्रयास भएको भन्दै एमाले कोशी प्रदेश कमिटीले घोर भर्त्सना गरेको छ । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाद्वारा जारी विज्ञप्तिमा दुर्व्यवहार र आक्रमणको प्रयास निन्दनीय भएको उल्लेख गरिएको छ । एमाले नेता ढकाल र बस्नेत काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै आज बिहान इटहरीमा हुने य...
धनकुटामा एमालेले सार्वजनिक गर्‍यो महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन तालिका

धनकुटामा एमालेले सार्वजनिक गर्‍यो महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन तालिका

धनकुटा । धनकुटामा नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । प्रमुख निर्वाचन अधिकृत नहकुल राईको अध्यक्षतामा आज बसेको निर्वाचन समितिको बैठकको निर्णय अनुसार मंसिर १३ गतेसम्मको तालिका सार्वजनिक गरिएको हो । कार्यतालिका अनुसार आज मतदाता नामावली प्रकाशन गरिएको छ । यस्तै, भोलि साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी-विरोधको समय निर्धारण गरिएको ...
प्रविण पोख्रेललाई तोकियो नेशनल भोलेन्टियर फोर्सको धनकुटा कमान्डर

प्रविण पोख्रेललाई तोकियो नेशनल भोलेन्टियर फोर्सको धनकुटा कमान्डर

धनकुटा । राष्ट्रिय युवा सङ्घ धनकुटाका पूर्वअध्यक्ष प्रविण पोख्रेललाई नेशनल भोलेन्टियर फोर्सको धनकुटा कमान्डर तोकिएको छ । नेकपा एमालेले निर्माण गरेको फोर्सका लागि पोखरेललाई धनकुटा कमान्डरको जिम्मेवारी प्रदान गरिएको हो । मुलुकमा अराजकता र अशान्ति बढ्दै गएको भन्दै एमालेले अराजक गतिविधि रोक्दै शान्तिपूर्ण वातावरण निर्माणका लागि फोर्स निर्माण गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्रिय कमान्ड...
विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि मसी प्रहार गर्ने युवा को हुन् ?

विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि मसी प्रहार गर्ने युवा को हुन् ?

विराटनगर । विराटनगरमा नेकपा एमालेका नेता महेश बस्नेत सवार गाडीमा रातो मसी प्रहार गर्ने दुई युवा नेपाली काँग्रेसका क्रियाशील सदस्य भएको खुलेको छ । युवा संघको जागरण सभामा सुनसरी जाँदै गर्दा बस्नेत सवार बा १७ च ५९६१ नम्बरको गाडीको सिसामा मसी प्रहार भएको थियो । विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा बस्नेत र पूर्वमन्त्री भानुभक्त ढकालमाथि विराटनगर –१ का २५ वर्षीय संजोग गौतम र विराटनगर-२ का १९ वर्षीय...
एमाले नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा प्रदर्शन

एमाले नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा प्रदर्शन

विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध सुनसरीको दुहबीमा युवाहरूले प्रदर्शन गरेका छन् । युवा संघ नेपाल कोशी प्रदेशको जागरण सभामा सहभागि हुन सुनसरी आएका नेता बस्नेतको विरोधमा युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूले बस्नेतविरुद्ध नाराबाजी गरेका थिए । ‘युवाहरूले प्रदर्शन गर्नुभएको थियो’, इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिवराम थापाले संगालोखबरसँग भने, ‘अहिले...
अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन : महेश बस्नेत

अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुँदैन : महेश बस्नेत

विराटनगर । नेकपा एमालेका नेता महेश बस्नेतले अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य नहुने बताएका छन् । विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा आफू सवार गाडीमा रातो मसी छ्यापिएपछि सामाजिक सञ्जालमार्फत उनले सो कुरा व्यक्त गरेका हुन् । उनले आफूहरूमाथि रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय रहेको उल्लेख गरेका छन् । ‘लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ । शान्तिपूर्ण सभा-जुलु...
विराटनगरमा एमाले नेता महेश बस्नेत चढेको गाडीमा रंग छ्यापियो, दुई जना पक्राउ

विराटनगरमा एमाले नेता महेश बस्नेत चढेको गाडीमा रंग छ्यापियो, दुई जना पक्राउ

विराटनगर । विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा केही युवाले रंग छ्यापेका छन् । युवा संघको कार्यक्रममा सहभागि हुन इटहरी जाने क्रममा विराटनगर विमानस्थल अगाडि नेता बस्नेत सवार गाडीमा रातो रंग छ्यापिएको हो । रंग छ्याप्ने क्रममा विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम र विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुँवरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विरोध गर...
बिर्तामोडको रेखा खोलामा शव भेटियो, दुई जना पक्राउ

बिर्तामोडको रेखा खोलामा शव भेटियो, दुई जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका-७ मियाबारीस्थित रेखा खोलामा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड-६ निवासी ५२ वर्षीय आनन्द चौधरीको शव फेला परेको हो । स्थानीयले शनिबार राति शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । राति नै कानुनी प्रक्रिया पूरा गरेर शव प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ...
सुनको मूल्य २९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य २९ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढे...
थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

थपिए ८ लाख ३७ हजार नयाँ मतदाता

विराटनगर । देशभर आठ लाख बढी नयाँ मतदाता थपिएका छन् । फागुन २१ गतेको लागि घोषणा भएको प्रतिनिधिसभा निर्वाचनका आठ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगका अनुसार असोज ९ देखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली संकलन अवधिमा सो संख्यामा मतदाता थपिएका हुन् । थपिएका मतदातामध्ये चार लाख ७३ हजार तीन सय ४५ पुरुष, तीन लाख ६३ हजार सात ७८ महिला र ६१ अन्य छन् । आयोगको नियमित प्रकृ...
कोशीका २ हजार बढी द्वन्द्वपीडित परिवार अझै न्यायको पर्खाइमा

कोशीका २ हजार बढी द्वन्द्वपीडित परिवार अझै न्यायको पर्खाइमा

विराटनगर । नेपाल सरकार र तत्कालीन विद्रोह पक्षबीच विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको छ । २०६३ मङ्सिर ५ गते शान्ति सम्झौता भएपनि कोशी प्रदेशका दुई हजार ७९ द्वन्द्वपीडित परिवार अझै न्याय पाएका छैनन् । विस्तृत शान्ति सम्झौतामा भएको सम्झौता अनुसार ६० दिनभित्र द्वन्द्वमा अपाङ्गता भएका, बलपूर्वक बेपत्ता पारिएका र हत्या गरिएका परिवारका सदस्यलाई जानकारी दिने र उचित न्यायसहित परिपूरणको व्य...
विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर-१६ दरैयाबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ३९ वर्षीय राजु बिक छन् । आज बिहान ८ः३० बजे को ३८ प २३१७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बिकलाई शंका लागेर चेकजाँच लागूऔषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट १०३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । बिकलाई इलाका ...
झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु

झापा । झापा कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको पश्चिम बंगाल दार्जिलिङ घर भएका ६१ वर्षीय कर्णबहादुर लिम्बु छन् । आज बिहान कारागारभित्रै लिम्बुलाई अचानक रक्तचाप सम्बन्धी समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो । जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई विगत ६ वर्षदेखि जेलमा रहेका उनको...
विराटनगरको कान्तिपुर कलेजका ३१ विद्यार्थीलाई २१ लाख छात्रवृत्ति

विराटनगरको कान्तिपुर कलेजका ३१ विद्यार्थीलाई २१ लाख छात्रवृत्ति

विराटनगर । विराटनगरको कान्तिपुर कलेजले चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल राजनारायण महतोसहितका विद्यार्थीहरूलाई सम्मान गरेको छ । आज एक कार्यक्रमको आयोजना गर्दै कलेजले एमबिबिएस प्रवेश परीक्षामा सफल बनेका तीन विद्यार्थीसहित वार्षिक परीक्षामा अब्बल अंक ल्याएका विद्यार्थीहरूलाई सम्मान गरेको हो । एमबिबिएस प्रवेश परीक्षामा सामेल भएका १८ हजार परीक्षार्थीहरूमध्ये रा...
सुनसरीबाट ४१ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट ४१ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-२ का १८ वर्षीय लालदेव रजक छन् । आज बिहानको राति बराहक्षेत्र नगरपालिका-३ नडाहा चोकमा धरानबाट आइरहेको बीआर ११ बीएफ ०१८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकलमा राखिएको बोरामा ४१ किलो पाँच सय ग्राम गाँजा फेला परेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी ...
विराटनगरमा हराएको सुनको बाला भेटियो, प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

विराटनगरमा हराएको सुनको बाला भेटियो, प्रहरीले बुझायो सम्बन्धित व्यक्तिलाई

विराटनगर । विराटनगरबाट हराएको सुनको बाला फेला पारेर मोरङ प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । बिहीबार बिहान करिब १० बजे विराटनगर-११ की प्रतीक्षा कोइरालाले हातमा लगाएको बाला हराएको थियो । पिचरा चोक नजिक डेढ तोला बराबरको सुनको बाला हराएको भन्दै कोइरालाले बेलुका ५ बजे प्रहरीलाई मौखिक जानकारी गराएकी थिइन् । उक्त जानकारीपछि प्रहरी चौकी बखरीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रविण भट्टराईको कमान्डमा ख...
सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

सुनको मूल्य घट्यो, कति पुग्यो तोलामा ?

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँमा कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ती...
अब लाइसेन्स विवरणको जानकारी फेसबुकबाटै पाइने

अब लाइसेन्स विवरणको जानकारी फेसबुकबाटै पाइने

विराटनगर । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को विवरण फेसबुकमा राख्ने भएको छ । यसअघि लाइसेन्सको जानकारी प्रणालीमार्फत ७२ घण्टाभित्र लाइसेन्स लिन आउनुहोला भनेर सन्देश पठाउने गरिएकोमा अब फेसबुकबाटै पाइने भएको हो । विभागले सूचना जारी गर्दै सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका लागि विभागमा प्राप्त भएका अनुमतिपत्रहरूको विवरण फेसबु...
आर्थिक अभावले उपचारबाट बञ्चित मगरको नोबेलमा निःशुल्क उपचार सुरु

आर्थिक अभावले उपचारबाट बञ्चित मगरको नोबेलमा निःशुल्क उपचार सुरु

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-११ सुकुम्बासी बस्तीका भीमबहादुर मगरलाई नेपाली काँग्रेसका युवा नेता डा. सुनिल शर्माले उपचार तथा आर्थिक सहयोग गरेका छन् । क्यान्सर रोगबाट पीडित मगर आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा थिए । उनी गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा. शर्माले बिहीबार आफैँ पुगेर मगरको अवस्था बुझेका थिए । मगरको घर पुगेका शर्माले तत्कालै नोबेल मेडिकल कलेजमा निःशुल्क खा...
अपडेट: धनकुटामा माइक्रोबस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

अपडेट: धनकुटामा माइक्रोबस पल्टिँदा एक जनाको मृत्यु, १३ घाइते

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ भैसेमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस आज बिहान करिब ६ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा परी संखुवासभाको सभापोखरी २ की ८२ वर्षीया सविना कालाखेतीको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी सदरकुमार थापा क्षेत्रीले जानकारी दिए । घाइतेहरूको धनकुटा...
धनकुटाको भैसेमा माइक्रोबस दुर्घटना

धनकुटाको भैसेमा माइक्रोबस दुर्घटना

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका-५ भैसेमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाडौंबाट खाँदबारी जाँदै गरेको बा ३ ख ५३०२ नम्बरको हायस माइक्रोबस आज बिहान करिब ६ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि धनकुटा अस्पताल ल्याइँदैछ । १४ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए । ‘अ...
विराटनगरको कान्तिपुर कलेजका विद्यार्थीलाई सीए सम्बन्धी अभिमुखीकरण

विराटनगरको कान्तिपुर कलेजका विद्यार्थीलाई सीए सम्बन्धी अभिमुखीकरण

विराटनगर । विराटनगरको कान्तिपुर कलेजका विद्यार्थीहरूका लागि चार्टर एकाउन्ट (सीए) सम्बन्धी अभिभुखिकरण कार्यक्रम गरिएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान) सँग सहकार्य गरेर कलेजले बिहीबार एकदिने अभिमुखीकरण कार्यक्रम गरेको हो । महेन्द्र होटलको सभाहलमा भएको कार्यक्रममा कलेजका शिक्षक तथा छात्र-छात्राहरूले विभिन्न जिज्ञासा राखे ।  अन्तरक्रियात्मक कार्यक्रममा आइक्यानका सिए युवराज उप्रेती,...
धारिलो हतियारले आफ्नै घाँटी रेट्दा बेलबारीका युवक गम्भीर घाइते, नोबेलमा उपचार हुँदै 

धारिलो हतियारले आफ्नै घाँटी रेट्दा बेलबारीका युवक गम्भीर घाइते, नोबेलमा उपचार हुँदै 

विराटनगर । मोरङको बेलबारी नगरपालिका-८ डाँगीहाटका एक युवकले धारिलो हतियारले आफ्नै घाँटी रेटेका छन् । आज साँझ ३२ वर्षीय हेमकुमार मगरले धारिलो हतियारले आफ्नो घाँटी आफैँले रेटेका हुन् । घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा उनलाई आमा विष्णुमायाले देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको उद्धार गरेर उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ‘धारिलो हतियार रेट...
ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लियो चार वटा शंकास्पद बोलेरो

ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लियो चार वटा शंकास्पद बोलेरो

ताप्लेजुङ । यातायात व्यवस्था कार्यालयको अभिलेखमा नदेखिएका र सवारी दर्ता किताबको विवरणमा मेल नखाएका चार वटा बोलेरो ताप्लेजुङबाट प्रहरीले नियन्त्रणमा लिएको छ । फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले चार वटा बोलेरो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीमध्ये ना १ ज १५८३ नम्बरको सवारी यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा देखिँदैन भने को १ ज ११११ नम्बरको सवारी ...
युवालाई रोजगारीसँग जोड्न ‘स्कुल–टु–वर्क’ कार्यक्रम

युवालाई रोजगारीसँग जोड्न ‘स्कुल–टु–वर्क’ कार्यक्रम

विराटनगर । युवालाई रोजगारीसँग जोड्दै स्वदेशमै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले उद्योग संगठन मोरङ र एसओएस चिल्ड्रेन्स भिलेज नेपाल बीच सहकार्य हुने भएको छ । संगठनको सचिवालयमा आयोजित छलफलमा दुवै संस्थाका प्रतिनिधिहरूले हाल युवाहरूले अवसर नपाएर विदेशिन बाध्य हुने क्रम बढ्दै गएको अवस्थामा यस्तो साझेदारीले प्रत्यक्ष रोजगारीका अवसरसँग जोडन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । ...
सुनसरीको धरानबाट २५ किलो गाँजा बरामद

सुनसरीको धरानबाट २५ किलो गाँजा बरामद

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-६ पानबारी सामुदायिक वन क्षेत्रबाट प्रहरीले २५ किलो गाँजा बरामद गरेको छ । बुधबार राति करिब ११ः३० बजे शंकास्पद अवस्थामा रहेको को ११ प ४६३५ नम्बरको मोटरसाइकललाई प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा मोटरसाइकल लिएर चालक फरार भएका थिए । सुनसरी प्रहरीका अनुसार पछ्याउँदै जाँदा धरान-तरहरा सिमानानजिक पानीपियाबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो । सोही क्रममा पानबा...
error: Content is protected !!