विराटनगरमा घर निर्माण प्रदर्शनी : वास्तु र इन्टेरियर डिजाइनबारे छलफल
विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा विराटनगरमा जारी घर निर्माण प्रदर्शनीको थिमेटिक सेसनमा वास्तु र इन्टेरियर डिजाइनबारे छलफल भएको छ ।
विराटनगरस्थित जैन भवनमा सम्पन्न तेस्रो दिनको थिमेटिक सेसनमा विज्ञहरूको उपस्थितिमा ‘स्मार्ट डिजाइन : वास्तु, इन्टेरियर डिजाइन र प्राविधिक योजना’ थिममा अन्तरक्रिया र छलफल भएको हो ।
‘इन्टेरियर डिजाइन अवधारणा : स्पेस प्लानिङ्ग, उपयोगिता र सौन्दर्य’ शीर्षकमा बोल्...





























