
विराटनगर । भारतको उत्तराखण्ड राज्यमा आएको बाढीमा परेर बेपत्ता हुने नेपालीको संख्या २२ पुगेको छ । यसरी बेपत्ता हुनेमा धादिङका ४, जाजरकोटका १२, बर्दियाका ५ र जुम्लाका १ जना छन् ।
उनीहरूको खोजी तथा उद्धारका लागि पालिकाहरूले गृह मन्त्रालयलाई आग्रह गरिसकेका छन् । गत मङ्गलबार आरिघोप्टे वर्षाका कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो ।
यस्तै बुधवार पौडीगढवालमा पहिरो खसेको थियो । ती ठाउँमा मजदुरी गर्न र स्याउ टिप्न गएका नेपालीहरू बाढीपहिरोमा परेर सम्पर्कविहीन भएका हुन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय पक्षसँग खोज तथा उद्धारको लागि समन्वय भइरहेको जनाएको छ ।
यसैबीच परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बाढीमा सम्पर्कविहीन नेपाली नागरिकको खोजी एवम् उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएकी छन् ।

संगालोखबर 













