संगालोखबर


धनुषा । जनकपुर उपमहानगरपालिका-९ मा रेलले कारलाई ठक्कर दिएको छ । आज बिहान ९ बजे थापा चोकबाट हिरा अस्पताल आउँदै गरेको कारलाई रेलले ठक्कर दिएको हो ।

प्रहरीका अनुसार रेल-वे लिकमा अडकिएको बागमती प्रदेश ०१-०२५ च १२९० नम्बरको कारलाई रेलले ठक्कर दिएको हो । रेल-वे लिक पार गर्दा कारको पछाडिको पांग्रा लिकमै फसेको धनुषा प्रहरीले जनाएको छ ।

Advertisement

कार धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका-६ निकालका २२ वर्षीय ललित यादवले चलाएका थिए । कार चालक सामान्य घाइते भएका छन् भने कारमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!