संगालोखबर
सांकेतिक तस्बीर

विराटनगर । आज कोशी प्रदेशका ११ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । झापा, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु र उदयपुरमा बाढीको मध्यम जोखिम रहेको हो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, रामेछाप, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमा पनि बाढीको मध्यम जोखिम छ ।

Advertisement

कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम, बैतडी, बझाङ, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुरमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

बाढीको जोखिम भएका जिल्ला तथा आसपास भएर वहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह छ । आज दिउँसो देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशको तराईलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाको भनाइ छ । ठूलो पानी परेको ठाउँका खोला नदीमा बाढीको जोखिम भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!