संगालोखबर
फाइल तस्बिर

विराटनगर । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाँउमा आज गाईजात्रा पर्व मनाईंदैछ । हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

देशका विभिन्न शहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइन्छ । यस्तै बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, धनकुटा, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा, गुल्मी, पाल्पा, अर्घाखाँचीलगायत नेवार समुदायको बसोबास रहेका जिल्ला तथा सहरमा धुमधामका साथ मनाइन्छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र पैसा दान गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्‍वल भएकी आफ्नी रानीलाई संसारले यस्तो शोक ब्यहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी निर्देशक दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउन आदेशअनुसार हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ ।

त्यस्तै गाईजात्रामा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!