संगालोखबर


विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेर मूल्यमा नयाँ रेकर्ड बनाएको हो ।

आज सुन प्रतितोला एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यसअघि यही साउन २० गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर दुई हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!