संगालोखबर


विराटनगर । कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना (रिक्की) निर्वाचित भएका छन् । बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिष राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित भए ।

Advertisement

त्यस्तै सदस्यमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दिपक मगर, ओखलढुङ्गाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित भएका छन् ।

अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दीया कार्की, बोर्ड सदस्य प्रदिप भगत थारू, नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलन राज प्रसाईंलगायतको सहभागिता थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!