सुनको मूल्य २८ सय रुपैयाँ घट्यो, आज कति पुग्यो तोलामा ?
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ घटेर पाँच हजार चार सय ९५ रुपैयाँ कायम भएको छ ।...




























