
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला दुई सय पाँच रुपैयाँ घटेर पाँच हजार पाँच सय १५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार सात सय २० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 















