
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा तीन हजार आठ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रुपैयाँ कायम भएको थियो । आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी तोलामा तीन सय १० रुपैयाँ बढेर पाँच हजार सात सय २० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला पाँच हजार चार सय १० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार चार सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 















