संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले नेपाल टेलिभिजन तथा रेडियो नेपालका संवाददाता ईश्वर थापालाई २५ हजार नगदसहित सम्मान गरेको छ । दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाले थापालाई सम्मान गरेको हो ।

गाउँपालिकाले गरेका विभिन्न क्रियाकलाप सञ्चारमाध्यद्वारा प्रचार-प्रसारमा सहयोग गरेको भन्दै सञ्चारकर्मी थापालाई सम्मान गरिएको हो । गाउँपालिकाले अन्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई पनि सम्मान गरेको छ ।

पालिकाले सेवानिवृत्त शिक्षकसँगै एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको छ । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ, गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई र उपाध्यक्ष मुना राई लगायतले सम्मान गरेका थिए ।

‘कृषि पर्यटन र पूर्वाधार, साँगुरीगढी समृद्धिको आधार’ भन्ने मूल नाराका साथ गाउँपालिकाले स्थापना दिवस मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले स्वास्थ्य, शिक्षा, विकास निर्माण र कृषि क्षेत्रमा गाउँपालिकाले प्रयाप्त काम गरिरहेको उल्लेख गरे ।

पर्यटन क्षेत्रमा लगानी बढाउन सके अर्थोपार्जनमा टेवा पुग्ने बताउँदै उनले यसतर्फ सबैले ध्यान दिनुपर्ने उल्लेख गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!