
संखुवासभा । संखुवासभाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका डा. अर्जुनकुमार कार्की विजयी भएका छन् । सोमबार राति मतगणना सम्पन्न हुँदा १५ हजार ६ सय ३६ मत ल्याएर कार्की निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पाले १५ हजार मत ल्याए । नेपाली काँग्रेसका दिपनकुमार श्रेष्ठ १३ हजार २७१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा राईले ९ हजार ८५७ मत प्राप्त गरिन् । निर्वाचित भएपछि कार्कीले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गर्दै संखुवासभा जिल्लाको समग्र विकासका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।

संगालोखबर 















