
विराटनगर । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भर्ना भएका निर्वाचन प्रहरीलाई सम्मानपत्र सहित बिदाइ गरिएको छ ।
निर्वाचनको सुरक्षामा खटिएर जिम्मेवारी पूरा गरेका उनीहरूलाई औपचारिक कार्यक्रमका बीच सम्मानपत्र प्रदान गर्दै बिदाइ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङले पनि एक कार्यक्रमको आयोजना गरेर निर्वाचन प्रहरीको बिदाइ गरेको छ ।

देशभर निर्वाचन सुरक्षाका लागि अस्थायी रूपमा एक लाख ३० हजार बढी निर्वाचन प्रहरी भर्ना गरिएको थियो ।






संगालोखबर 















