
विराटनगर । विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-८ का २८ वर्षीय मोहम्मद ज्याउदिन छन् ।
फागुन २३ गते राति करिब १० बजे विराटनगर-१२ मा रहेको बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलमा राखेको प्रदेश ०१-०१-००१ प ३६०१ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।
उक्त विषयमा जानकारी हुनासाथ प्रहरीले खोजी सुरु गरेको थियो । खोजी गर्ने क्रममा आइतबार साँझ मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए ।
पक्राउ परेका ज्याउदिनविरुद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 















