सप्तरीमा मदिरा नियन्त्रणमा लिन प्रहरीले गोली चलायो, एक जनाको मृत्यु
सप्तरी । सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मदिरा नियन्त्रणमा लिने क्रममा गएराति प्रहरीले गोली चलाएको हो ।
गोली लागेर राजगढ गाउँपालिका-२ का लालु यादवको मृत्यु भएको मधेश प्रदेश प्रहरीले जनाएको छ । मदिरा भण्डार गरिएको ठाउँमा सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले गोली चलाएको थियो ।
प्रहरीका अनुसार सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सू...




























