मोरङमा समानुपातिकतर्फ पनि रास्वपालाई सबैभन्दा बढी मत
विराटनगर । मोरङमा प्रत्यक्षतर्फ सबै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत प्राप्त गरेको छ ।
मोरङमा समानुपातिकतर्फ ५ लाख ५ हजार ६८ मत खसेकोमा २८ हजार ४९९ मत बदर भएको छ । ४ लाख ७६ हजार ५६९ सदर मतमध्ये रास्वपाले सबैभन्दा बढी प्राप्त गरेको हो ।
रास्वपाले मोरङ जिल्लाभरि २ लाख ५४ हजार २१ मत प्राप्त गरेको छ । सदर मतको ५३.३० प्रतिशत रास्वपाले पाएको हो ।...




























