
विराटनगर । विराटनगर-११ जनप्रिय टोलमा करेन्ट लागेर महिलाको मृत्यु भएको छ । बिहे घरमा काम गर्न गएकी अन्दाजी ५५ वर्षीया महिलाको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय रवीन्द्र साहको घरमा विवाहमा काम गर्न गएकी मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विवाह घरमा जोडेको झिलिमिली बत्तीको तारबाट दिउँसो ४ बजेतिर करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 















