संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित रहेको ५५ वर्षीय लिम्बूको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो ।

नेपाली काँग्रेसबाट निर्वाचित लिम्बू केही महिनादेखि क्यान्सर उपचारका लागि भारतमा रहेका थिए । लामो समयदेखि उपचाररत रहेका उनले वडा सदस्य केशर लिम्बूलाई कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए ।

गाउँपालिकाले लिम्बूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आज शोक बिदा दिएको छ । लिम्बूको पार्थिव शरीर अन्तिम संस्कारका लागि धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!