संगालोखबर


धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै नेकपा एमालेले धनकुटाको साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ ।

एमाले जिल्ला अध्यक्ष शिव आङ्लाको अध्यक्षतामा बसेको जिल्ला कमिटीको विस्तारित बैठकले जिल्ला कमिटी सदस्यसमेत रहेकी राईलाई कारवाही गर्ने निर्णय गरेको हो ।

Advertisement

चुनावमा पार्टीलाई असहयोग गरेर अन्तरघात गरेको ठहर गर्दै राईलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गर्ने निर्णय भएको एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।

उपाध्यक्ष राईले चुनावमा नेपाली काँग्रेसको पक्षमा लागेर एमालेलाई असहयोग गरेको आरोप छ । राई, गत २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट पालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

उनलाई पार्टीबाट निष्कासन गरिएको जानकारी पार्टीले निर्वाचन आयोगलाई पनि पठाएको छ । पार्टीले कारवाही गरेपछि उनको पद धरापमा परेको छ । उनको पद रहने वा नरहने निर्वाचन आयोगले निर्णय गर्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!