
विराटनगर । विराटनगरको भानुटोलमा आज साँझ सामान्य विवाद हुँदा एक युवकमाथि कैँची प्रहार भएको छ । कैँची प्रहारबाट सुनसरीको दुहवीका २१ वर्षीय रञ्जित पासवान गम्भीर घाइते भएका छन् ।
विराटनगर-१२ का २० वर्षीय विवेक सिंहले पासवानको छातीमा कैँची प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार उनीहरूबीच एकाएक झगडा सुरु भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुवै जना लागूऔषध प्रयोगकर्ता रहेको बुझिएको छ । जोगवनी पुगेर लागूऔषध सेवन गरी फर्किएका उनीहरूबीच पैसाको लेनदेन नमिल्दा विवाद भएको देखिएको छ ।
आक्रमणमा संलग्न विवेकलाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रवक्ता डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । घाइते पासवानको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 















