निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार बढी सैनिक परिचालन
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि आजदेखि औपचारिक रूपमा नेपाली सेना परिचालन गरिएको छ ।
निर्वाचन हुन १ महिना बाँकी रहँदा सरकारले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार सेना मैदानमा उतारेको हो । निर्वाचन सुरक्षाका लागि देशभर ७९ हजार ७ सय २७ जना सैनिक परिचालन गरिएको छ ।
निर्वाचन अवधिभर हाल सशस्त्र प्रहरीले सुरक्षा दिइरहेका सार्वजनिक भवन, कारागार, व...
































