संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभामा कोदोबारीभित्र भेटियो बम

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-६ शिरीसेमा बम फेला परेको छ । स्थानीय भवानीप्रसाद दाहालको कोदोवारीमा ‘ह्यान्ड ग्रिनेड’ फेला परेको हो । मादी–पिलुवा सडकबाट करिब २० मिटर टाढा रहेको सो स्थानमा आज बिहान शङ्कास्पद बस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरी टोलीले सो क्षेत्रलाई घेरेर राखी नेपाली सेनाको टोलीलाई खबर गरेको थियो । खाँदबारीबाट गएको नेपाली सेनाको टो...
उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो

उदयपुर बस दुर्घटना अपडेट : २९ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइयो

विराटनगर । उदयपुरको बेलकामा मलामी बोकेर फर्किदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी निरीक्षक मौसम उदासले जानकारी दिए । घाइतेमध्ये १२ जनालाई घोपा पठाइएको र अन्य १७ जनाको स्थानिय नगर अस्पतालमा उपचार भइरहेको उनले संगालोखबरलाई जानकारी दिए । उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको उदासले बताए । आज दिउँसो प्रदेश ...
झापामा करेन्ट लागेर एक जनाको मृत्यु 

झापामा करेन्ट लागेर एक जनाको मृत्यु 

झापा । झापाको दमक-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान सफारी चार्ज गर्ने क्रममा करेन्ट लाग्दा इलामको माई नगरपालिका-५ का २६ वर्षीय कमल बुर्जामगरको मृत्यु भएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बीएण्डसी अस्पताल पुर्‍याउनासाथ मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमकमा डेरा गरेर बस्दै आएका थिए । सिटी चार्ज गर्ने क्रममा विद्युत सर्ट भएर करेन्ट लागेको हुनसक्ने प्रहर...
उदयपुरको बेलकामा मलामी बोकेको बस दुर्घटना 

उदयपुरको बेलकामा मलामी बोकेको बस दुर्घटना 

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ सेतिखोलामा मलामी लिएर फर्कँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज केहीबेर अघि प्रदेश १-०२-००१ ख ८२५३ को नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । बेलका नगरपालिका-५ घुम्नेबाट मलामी लिएर फर्किदै गरेको बस दुर्घटनामा परेको हो ।  दुर्घटनामा परेर घाइते भएकाहरूलाई उपचारका लागि बेलका नगर अस्पताल र धरान स्थित बीपी कोइराला स...
स्वास्थ्य मन्त्रालयका तीन कर्मचारीको सरुवा 

स्वास्थ्य मन्त्रालयका तीन कर्मचारीको सरुवा 

विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारीको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १० औँ र ११ औँ तहका कर्मचारीहरूको सरुवा गर्ने निर्णय गरेको हो । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका ११ औँ तहका निर्देशक डाक्टर वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुर सरुवा गरिएको छ । त्यस्तै १० औँ तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर ज्ञानबहादुर बस्नेत प्रदेश...
जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन हुँदै

जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन हुँदै

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशले ‘मुख्यमन्त्रीसँग जनता’ कार्यक्रमको नाम परिवर्तन गरेको छ । सोही कार्यक्रमलाई यसवर्षबाट ‘जनतासँग कोशी प्रदेश सरकार’ नामबाट सञ्चालन गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि पास गरेको छ । कोशी प्रदेशका रेडियो तथा टेलिभिजनबाट कार्यक्रम प्रसारण गर्ने गरी कार्यविधि बनाइएको जन...
इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाममा धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, झुण्डिएको अवस्थामा भेटिए पति

इलाम । इलाममा धारिलो हतियार प्रहार गरेर पत्नीको हत्या पछि पतिले पनि झुन्डिएर आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१ भित्तेमा ४६ वर्षीय उजबहादुर राईले ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् ।  ‘पत्निको घाँटीमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको छ’, जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईले संगालोखबरसँग भने, ‘पतिको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ ।’ ...
नेपालले आज ओमानसँग खेल्दै

नेपालले आज ओमानसँग खेल्दै

विराटनगर । आईसीसी विश्वकप लिग-२ त्रिदेशीय एकदिवसीय शृङ्खला अन्तरगत आज नेपालले ओमानसँग खेल्दैछ  । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको किङ्ग सिटीमा हुनेछ । नेपालले आज यो शृङ्खलाको अन्तिम खेल खेल्न लागेको हो । आठ टोली सहभागि लिग-२ मा सबैभन्दा अगाडि क्यानडा छ । नेपालले त्रिदेशीय शृङ्खलामा लगातार हार ब्यहोरिरहेको छ । नेपाल पहिलो खेलमा क्यानडासँग १ सय ३ रनले पराजित भएको थियो । यस्तै दोस्...
सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ किर्तिमान, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज तोलामा तोलामा पाँच सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५९ हजार सात सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा चार सय रुपैयाँले बढेको सुन एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ५८ हजार आठ सय रुपैयाँमा का...
झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु 

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट बिर्तामोड-६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको हो । हिजो राति पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-६ कुमारी चोकमा प्रदेश १-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले ज...
यस्तो छ आजको मौसम, यी स्थानमा भारी वर्षाको सम्भावना 

यस्तो छ आजको मौसम, यी स्थानमा भारी वर्षाको सम्भावना 

विराटनगर । केही दिनदेखिको अचाक्ली गर्मीले जनजीवन अस्तव्यस्त भइरहेको बेला विराटनगरसहित कोशी प्रदेशका केही स्थानमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो साँझ विशेष बुलेटिन जारी गरेर आजदेखि पानी पर्ने क्रम सुरु हुने जनाएको थियो । यो क्रम भोलिबाट थप बढ्ने महाशाखाले पूर्वानुमान गरेको छ । मनसुन सक्रिय भएपनि पानी पर्ने प्रणाली कमजोर भएका कारण केहिदिनदेखि देशभर गर्मी बढेको थियो । अहिले...
विराटनगरमा एक युवती मृत फेला

विराटनगरमा एक युवती मृत फेला

विराटनगर । विराटनगर-१६ स्थित हुलास चोकमा एक युवती मृत फेला परेकी छन् । आज दिउँसो युवती मृत फेला परेकी हुन् । मृतक युवतीको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । मृतक युवतीको साथमा लागूऔषध फेला परेको बस्नेतले बताए । युवतीको भित्री बस्त्रभित्र एभिल, डाइजापाम र नोरजेसिक २२ एम्पुल फेला परेको हो । मृतक युवतीलाई पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएक...
धनकुटामा डेढ सय कुकुरको बन्ध्याकरण

धनकुटामा डेढ सय कुकुरको बन्ध्याकरण

धनकुटा । धनकुटामा करिब डेढ सय कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच दिनसम्म शिविर सञ्चालन गरेर १ सय ४१ वटा कुकुर र दुई वटा बिरालोको बन्ध्याकरण गरेको हो । रेबिज रोग नियन्त्रणका लागि ८६ वटा भाले र ५४ वटा पोथी कुकुरको बन्ध्याकरण गरिएको छ । बजारमा वेवारिसे अवस्थामा रहेका तथा घरपालुवा कुकुर बिरालोको बन्ध्याकरण गरिएको पशु विज्ञ केन्द्रकी प्रमुख हिमाकुमारी ग...
धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटामा अटो दुर्घटना, पाँच जना घाइते

धनकुटा । धनकुटामा आज बिहान भएको अटो दुर्घटनामा पाँच जना घाइते भएका छन् । बेलहाराबाट धनकुटा बजारतर्फ आउँदै गरेको प्रदेश १-०२-००३ ह ३५०० नम्बरको अटो अनियन्त्रित भएर बिहान ११ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा धनकुटा नगरपालिका-९ बेलहारा की ३६ वर्षीय रेश्मा तामाङ, ३० वर्षीय अन्जना तामाङ, ३१ वर्षीय दीपक तामाङ घाइते भएका छन् । यसैगरी सोही स्थानका २६ वर्षीय प्रविण नेपाली र दीपक तामाङको ११ वर्षीय छो...
विराटनगरको सिङ्घिया खोलामा पुरुषको शव भेटियो, पहिचान खुल्न बाँकी 

विराटनगरको सिङ्घिया खोलामा पुरुषको शव भेटियो, पहिचान खुल्न बाँकी 

विराटनगर । विराटनगर-१४ स्थित सिङ्घिया खोलामा शव भेटिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आज बिहान खोलामा तैरिएको अवस्थामा एक पुरुषको शव भेटिएको हो । ‘शव हेर्दा तीनचार दिन अगाडिको जस्तो छ । अहिलेसम्म पहिचान खुलेको छैन’, डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘मृत व्यक्ति विराटनगर-११ का हुन भन्ने कुरा आएको छ । अनुसन्धानपछि सबै कुरा खुल्छ ।’ बस्नेतले शव सडिसकेकाले के...
जलन फाउन्डेसनको अध्यक्षमा बालकृष्ण गैरे 

जलन फाउन्डेसनको अध्यक्षमा बालकृष्ण गैरे 

विराटनगर । नेपाल जलन फाउन्डेसनको दोश्रो राष्ट्रिय अधिवेशनबाट बालकृष्ण गैरे अध्यक्षमा चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा डाक्टर किरण किशोर नकर्मी, उपाध्यक्षमा नरदेवी वरिया, महासचिव साधुराम महर्जन, सचिवमा लक्ष्मी प्रधान नगरकोटी र कोषाध्यक्षमा रिना गौचन चयन भएका छन् । एक सय पाँच जनालाई फाउण्डेसनको आजीवन सदस्यता प्रदान नगरिएको छ । जलनको न्यूनीकरण गर्न जनचेतना, पीडित पक्षको उद्धार, प्राथमिक उपचार, ...
दुर्गा प्रसाईं अस्पताल भर्ना

दुर्गा प्रसाईं अस्पताल भर्ना

विराटनगर । दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् । विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका प्रसाईँलाई हिजो राति नै अस्पताल भर्ना गरिएको हो । रक्तचाप सम्बन्धी समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । पक्राउ परे लगत्तै प्रहरीले प्रसाईंलाई अदालत हाजिर गराएको थियो । अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति समेत दिइसकेको छ ।
हिरासतबाट भागेका चार थुनुवा पक्राउ, पाँच जना अझै फरार 

हिरासतबाट भागेका चार थुनुवा पक्राउ, पाँच जना अझै फरार 

विराटनगर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका चार थुनुवा पक्राउ परेका छन् । अन्य पाँच जनाको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आज बिहानको राति हिरासतको भेन्टिलेसन फोडेर नौ जना थुनुवा फरार भएकामा एक जनालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । सत्यम झा, रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र बिक्की कार्की पक्राउ परेका हुन् । उनीहरू लागूऔषध र अभद्र व्यवहार ...
पाथीभरा मन्दिर आउने भक्तजनको सुविधाका लागि तयारी थालियो

पाथीभरा मन्दिर आउने भक्तजनको सुविधाका लागि तयारी थालियो

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा चाडपर्वको समयमा भक्तजनको सङ्ख्या बढ्ने अपेक्षाका साथ आवश्यक तयारी थालिएको छ । भक्तजनहरूको सुविधाका लागि पाथीभरा क्षेत्र विकास समितिले खानेपानी, आवासलगायतको सेवासुविधालाई मध्यनजर गर्दै तयारी थालेको हो । भदौमा नौ हजार बढी भक्तजनले पाथीभरा मन्दिरको दर्शन गरेका समितिले जनाएको छ । साउनमा एक हजार बढी भक्तजनले दर्शन गरेकामा भदौमा भक्तजनको सङ्ख...
प्रहरी सङ्गठन सञ्चालन सम्बन्धी ऐन, कानुन बनाउन सकिएन : सभामुख घिमिरे

प्रहरी सङ्गठन सञ्चालन सम्बन्धी ऐन, कानुन बनाउन सकिएन : सभामुख घिमिरे

विराटनगर । सभामुख देवराज घिमिरेले प्रहरी सङ्गठन सञ्चालन सम्बन्धी ऐन, कानुन बनाउन नसकिएको बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा घिमिरेले निजामती सेवा विधेयकमा ऐन बनाउन र प्रहरी सङ्गठन सञ्चालन सम्बन्धी ऐन, कानुन बनाउन नसकिएको बताएका हुन् । उनले सङ्घीयता कार्यान्वयन गर्न कानुनको अभाव रहेको समेत बताए । उनले कानुनलाई प्राथमिकता दिन खोजिए पनि संसद्को पछिल्लो अधिवेशनमा क...
तोलामा चार सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च

तोलामा चार सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च

विराटनगर । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा चार सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेको छ ।  हिजो सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुन तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।...
धनकुटाको लेगुवामा अटो दुर्घटना

धनकुटाको लेगुवामा अटो दुर्घटना

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवामा अटो दुर्घटना हुँदा एक जना घाइते भएका छन् । दुर्घटनामा महालक्ष्मी नगरपालिका-७ की ४२ वर्षीय मन कुमारी तामाङ सामान्य घाइते भएकी हुन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो भोजपुरबाट लेगुवातर्फ आउँदै गरेको अटो आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । अटो चालक महालक्ष्मी-४ का ३५ वर्षीय तेज बहादुर बिक प्रहरी चौकी लेगुवाको नियन्त...
दुर्गा प्रसाईँलाई तत्काल रिहाई गरियोस्ः सांसद शर्मा

दुर्गा प्रसाईँलाई तत्काल रिहाई गरियोस्ः सांसद शर्मा

विराटनगर । मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं काँग्रेस नेता डा.सुनिल शर्माले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तत्काल रिहाई गर्न माग गरेका छन् । प्रसाईँ पक्राउ परेलगत्तै आज सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर सांसद शर्माले यस्तो माग गरेका हुन् । बोलेकै आधारमा सामाजिक अभियन्तालाई पक्राउ गर्नु राज्य आतङ्क भएको उनको आरोप छ । प्रसाईँले पनि आफ्नो बोली बचन सुधार्नुपर्ने सांसद...
दुर्गा प्रसाईं पक्राउ

दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले प्रसाईँलाई आज दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो । झापाको बिर्तामोडस्थित वीएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईँले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का नाममा विभिन्न गतिविधि गर्दै आएका थिए । उनले विभिन्न व्यक्तिहरूलाई कपोकल्पित आरोप लगाएर आपत्तिजनक अभिव्...
झापा र सुनसरीबाट लागूऔषधसहित नौ जना पक्राउ

झापा र सुनसरीबाट लागूऔषधसहित नौ जना पक्राउ

विराटनगर । झापा र सुनसरीबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-६ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पाँच जनालाई पक्राउ गरेको हो । इलाम सूर्योदय नगरपालिका-६ का २८ वर्षीय अनिल प्रधान २ ग्राम ब्राउन सुगर, भद्रपुर नगरापालिका-९ का ३१ वर्षीय सरेन किश्कु, मेचिनगर-१४ का २९ वर्षीय रबिन ढोली, कमल गाउँपालिका-२ का २४ वर्षीय साहिल दर्नाल, भद्रपुर-९...
मोरङको पथरीमा ससुराको हत्या गरेर फरार भएका ज्वाइँ धनकुटाबाट पक्राउ 

मोरङको पथरीमा ससुराको हत्या गरेर फरार भएका ज्वाइँ धनकुटाबाट पक्राउ 

विराटनगर । ससुराको हत्या गरेर फरार भएका ज्वाइँ पक्राउ परेका छन् । पथरीशनिश्चरे नगरपालिका-७ का ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरि फरार भएका २७ वर्षीय रविन राई पक्राउ परेका हुन् ।  उनलाई धनकुटाको मुलघाटबाट आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहन विक्रम दाहालले जानकारी दिए ।  ससुरा चन्द्रबहादुर र ज्वाइँ रविन हत्याको अघिल्लो दिनसम्म एउटै घरमा खाना खाएर बसेको प...
सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?  

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कति पुग्यो ?  

विराटनगर । आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज तोलामा एक हजार सात सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५८ हजार आठ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक लाख ५६ हजार चार सय रुपैयाँ...
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते चौबिसे गाउँपालिका-६ का ३८ वर्षीय बल बहादुर चेम्जोङको मृत्यु भएको हो । हिजो साँझ रवी राँके भेडेटार सडक खण्ड अन्तरगत राजारानीबाट धाराचोक जाँदै गरेको प्र १-०२०-४४ प ८४५० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको को ३१ प ३१९६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्...
सहिदभूमिमा आज दिउँसो विद्युत अवरुद्ध हुने

सहिदभूमिमा आज दिउँसो विद्युत अवरुद्ध हुने

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा आज दिउँसो चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ । विद्युत लाइन वरिपरिका रूख, हाँगा, बाँस तथा झाडी हटाउनुपर्ने भएकाले विद्युत अवरुद्ध गरेर काम गर्न लागिएको विद्युत प्राधिकरण धनकुटाले जनाएको छ । प्राधिकरणका अनुसार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । धनकुटा वितरण केन्द्र अन्तर्गतको बेलहारा डाँडादेखि खोकु पिप्लेसम्मको ११ के.भी लाइन क्षेत्रम...
स्वर्गीय खगेन्द्रराज ढकालको स्मृतिमा ‘खगेन्द्र सर’ लोकार्पण

स्वर्गीय खगेन्द्रराज ढकालको स्मृतिमा ‘खगेन्द्र सर’ लोकार्पण

काठमाडौं । स्वर्गीय खगेन्द्रराज ढकालको स्मृतिमा खगेन्द्र विष्णु फाउण्डेसनले ‘खगेन्द्र सर’ लोकार्पण गरेको छ । शिक्षा मार्फत समाजमा ढकालले पुर्याएको योगदानको स्मरण गर्दै ‘खगेन्द्र सर’ लोकार्पण गरिएको हो । राजनीतिशास्त्र एवं अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेका ढकाल अध्ययन कालदेखी नै शिक्षक पेसामा आबद्ध थिए । कार्यक्रमका प्रमुख अतिथि रामप्रसाद श्रेष्ठले स्वर्गीय ढकालले शिक्षा क्षेत्रमा पुर्याएको योग...
दशैंको टीका लगाउने उत्तम साइत ११ः३६ बजे

दशैंको टीका लगाउने उत्तम साइत ११ः३६ बजे

विराटनगर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । यस पटक असोज २६ गते बिहान ११ः३६ बजे टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गरेर जनाएको छ । असोज १७ गते घटस्थापनाबाट दशैं सुरु हुन्छ । बिहान ९ः१६ बजे घटस्थापनाको साइत छ । २४ गते फूलपाती परेकाले बिहान ७ः११ बजेलाई फूलपाती भित्राउने शुभसाइत मानिएको छ । २५ गते महाअष्टमी,...
error: Content is protected !!