कोशी प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य

कोशी प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको चालु पाँचौँ अधिवेशन आज राति १२ बजेबाट लागू हुनेगरि अन्त्य भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । सभामुख अम्बरबहादुर बिष्टले प्रदेशसभाको अधिवेशनको २१ औं बैठकमा आज प्रदेश प्रमुखको कार्यालयबाट प्रदेशसभाको अधिवेशन अन्त्य भएको सूचना पढेर सुनाए ।
विराटनगर महानगरपालिकाले ई-रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेट तालिम दिने

विराटनगर महानगरपालिकाले ई-रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेट तालिम दिने

विराटनगर । विराटनगर महानगरपालिकाले ई–रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेट तालिम सञ्चालन गर्ने भएको छ । स्विस कन्ट्रयाक्ट स्टेप अफ परियोजनाको आर्थिक सहयोग र आसमान नेपालको समन्वयमा तालिम सञ्चालन गर्न लागेको हो । युवाहरू स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ । महानगरले ई-रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेट सम्बन्धी तालिम ४०/४० जनालाई दिन लागेको हो । विराटनगर स्...
तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ

तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा वृद्ध पक्राउ

तेह्रथुम । तेह्रथुमबाट जबरजस्ती करणीको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । लालीगुराँस नगरपालिका-१ गैरी टोल बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङ्ठा भन्ने प्रेम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोग लागेको प्रहरीले जनाएको छ । भदौ ३० गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खट...
जितियाले विश्वास, सहयोग र सद्भावको भावनालाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

जितियाले विश्वास, सहयोग र सद्भावको भावनालाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समुदायमा विश्वास, सहयोग र सद्भावको भावना प्रगाढ बनाउने बताएकी छन् । अप्पन विराटगढ परोकार समाजको आयोजनामा भएको कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले जितियाले मुलुकभित्रका विभिन्न जातजाति, भाषाभाषी र समुदायकाबीचमा एकता र समझदारीको भावनालाई सबल बनाउँदै वृहत राष्ट्रिय एकतालाई सुदृढ बनाउने उल्लेख गरिन् । पूर्व रा...
एन्फा महिला लिगमा आज एपीएफ र कोशी खेल्दै 

एन्फा महिला लिगमा आज एपीएफ र कोशी खेल्दै 

विराटनगर । एन्फा महिला लिग अन्तरगत सातौँ चरणको पहिलो खेलमा आज विभागीय टोली एपीएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ । सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो साढे १२ बजे खेल सुरु हुनेछ । एपीएफ छैटौँ चरणसम्म अपराजित रहँदै १६ अङ्कका साथ शीर्ष स्थानमा छ । कोशी प्रदेश तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अङ्कका साथ पाँचौँ स्थानमा छ । आजै अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगर...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलामा आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधबार सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ५६ हजार चार...
संविधान दिवसः जितपुरमा पनि दीप प्रज्वलन

संविधान दिवसः जितपुरमा पनि दीप प्रज्वलन

धनकुटा । संविधान दिवसको अवसर पारेर आज साँझ धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर बजारमा दीप प्रज्वलन गरिएको छ । महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको संयोजनमा स्थानीयवासीले दीप प्रज्वलन गरेका हुन् । नेपालको नक्सा र राष्ट्रिय झन्डाको आकृति बनाएर दीप प्रज्वलन गरिएको छ । महालक्ष्मी नगरका संस्थापक मेयर पर्शुराम नेपालले मैनबत्ती बालेर दीप प्रज्वलन कार्यक्रम सुरुवात गरेका थिए । जनताक...
लघुवित्त माथि राजनीतिक हस्तक्षेप रोक्न माग

लघुवित्त माथि राजनीतिक हस्तक्षेप रोक्न माग

विराटनगर । लघुवित्त वित्तीय संस्था माथि राजनीतिक हस्तक्षेप रोक्नुपर्ने आवाज उठेको छ । संविधान दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रभातफेरीमा लघुवित्तका सदस्यहरूले आवाज उठाएका हुन् । प्रभातफेरीमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्ट लगायत लघुवित्तका सदस्य र कर्मचारीले वित्तीय साक्षरता सहित लघुवित्त संरक्षण गर्न माग गरेका हुन् । लघुवित्त सदस्यहरूले ‘लघुवित्त हाम...
भोजपुरका किसान खोर्सानी खेतीमा आकर्षित 

भोजपुरका किसान खोर्सानी खेतीमा आकर्षित 

भोजपुर । पछिल्लो समय भोजपुरमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न थालिएको छ । राम्रो आम्दानी हुने भएपछि कृषकहरू खोर्सानी खेती तर्फ आकर्षित भएका हुन् । अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका-५ का फविन्द्र प्रधान खुर्सानीबाट राम्रो आम्दानी गर्न सकिने बताउँछन् । उनले २० रोपनी क्षेत्रफलमा खोर्सानी लगाएका छन् । उनले भने, ‘यहाँ उत्पादित खोर्सानी बाहिर निर्यात हुने भएकाले थप स...
धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा नगरपालिका ८ को वडा कार्यालय भवन उद्‌घाटन

धनकुटा । धनकुटा नगरपालिका वडा नं.८ को वडा कार्यालय भवन उद्‌घाटन गरिएको छ । सान्ताङको स्वारिबा टोलमा ५४ लाखको लागतमा निर्माण गरिएको दुई कोठे भवन आज उद्‌घाटन गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले वडा कार्यालय भवन उद्‌घाटन गरेका छन् । भवन उद्‌घाटन गर्दै नगर प्रमुख तामाङले वडा कार्यालय भवन बनेपछि प्रशासनिक काममा सहज हुने विश्वास व्यक्त गरे । यसअघि आफ्नै वडा कार्यालय भवन नहुँदा धनकुटा...
विराटनगरमा मनाइयो संविधान दिवस

विराटनगरमा मनाइयो संविधान दिवस

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा संविधान दिवस मनाइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विराटनगरको सहिद रङ्गशालाबाट निकालिएको प्रभातफेरीले नगरका विभिन्न क्षेत्र परिक्रमा गर्दै आदर्श माध्यमिक विद्यालय पुगेको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यन्वयनको महत्वपूर्ण अङ्ग प्रदेश भएको उल्लेख गरे । मुख्यमन्त्री कार्कीले सघंमा रहेका अधिकार प्रदेशल...
सुनको मूल्य तोलामा आठ सय घट्यो 

सुनको मूल्य तोलामा आठ सय घट्यो 

विराटनगर । आज सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो तोलामा तीन सय रुपैयाँले घटेर सुन एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १० रुपैयाँ घटेको चाँदी एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
विराटनगरमा आज युवा उद्यमी मञ्चले ‘बैंक एडिसन’ फुटसल प्रतियोगिता गर्दै

विराटनगरमा आज युवा उद्यमी मञ्चले ‘बैंक एडिसन’ फुटसल प्रतियोगिता गर्दै

विराटनगर । युवा उद्यमी मञ्च विराटनगरले आज ‘बैंक एडिसन’ फुटसल प्रतियोगिता गर्ने भएको छ । बैंकसहित बीमा कम्पनीका कर्मचारीहरूको पनि सहभागितामा प्रतियोगिता गर्न लागिएको हो । विराटनगर–९ स्थित जेएनएल फुटसल मैदानमा बिहान ११ बजेबाट प्रतियोगिता सुरु हुने युवा उद्यमी मञ्चका उपाध्यक्ष रोमन कटेलले जानकारी दिए । युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष एवं नेपाल खेलकुद महासङ्घका मनोजविक्रम शाहले प्रतियोगिता उद्‌घाट...
धनकुटामा रुखको हाँगो खसेर लाग्दा वृद्धको मृत्यु

धनकुटामा रुखको हाँगो खसेर लाग्दा वृद्धको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–९ बरबोटेमा आज दिउँसो रुखको हाँगाले लागेर वृद्धको मृत्यु भएको छ । दिउँसो करिब ३ः३० बजे पानीको पाइप जोड्न गएका बेला रुखको हाँगा झरेर लाग्दा स्थानीय ७२ वर्षीय कमल भण्डारीको मृत्यु भएको हो । पाइप जोड्ने क्रममा सल्लाको सुकेको हाँगा झरेर लाग्दा भण्डारीको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी...
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभामा उपस्थित ८३ जना सांसदमध्ये ६६ जनाले पक्षमा र १५ जनाले विपक्षमा मत दिएका छन् । दुई जना भने मतदानमा सहभागि भएनन् ।  ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  प्रदेशसभामा नेकपा एम...
भ्रष्टहरूद्वारा निर्मित सरकारलाई विश्वासको मत दिन सकिँदैन : गणेश उप्रेती 

भ्रष्टहरूद्वारा निर्मित सरकारलाई विश्वासको मत दिन सकिँदैन : गणेश उप्रेती 

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि दलका तर्फबाट बोल्दै गणेश उप्रेतीले भ्रष्टहरूद्वारा बनेको सरकारलाई विश्वासको मत दिन नसकिने बताए । अहिले निर्मित केन्द्र र प्रदेश सरकार नै भ्रष्ट रहेको उनले उल्लेख गरे । उनले भने, ‘यो भ्रष्टहरूद्वारा निर्मित सरकार हो । जन...
विश्वासको मतका लागि मात्र सांसद भए जस्तो महसुस हुन थाल्यो : भक्ति सिटौला

विश्वासको मतका लागि मात्र सांसद भए जस्तो महसुस हुन थाल्यो : भक्ति सिटौला

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री कार्कीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै दलका नेता भक्ती सिटौलाले विश्वासको मत नदिने बताएका हुन् । उनले भने, ‘कोशी प्रदेशमा विश्वासको मतका लागि मात्र सांसद भएर आएजस्तो लाग्छ । यो लाजमर्दो कुरा हो । हामीले हाम्रो औचित्यता नै प्रस्तुत गर्न सकेका छैनौँ ।’...
नेकपा एकीकृत समाजवादी तटस्थ बस्ने, पक्ष विपक्षमा नै मत नदिने

नेकपा एकीकृत समाजवादी तटस्थ बस्ने, पक्ष विपक्षमा नै मत नदिने

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान नगर्ने भएको छ । नेकपा एस संसदीय दलका नेता राजेन्द्र कुमार राईले आफूहरू तटस्थ बस्ने बताएका हुन् ।  प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावमाथि बोल्दै विगतमा आफूहरूले दिएको मतको कुनै औचित्य नभएको उनले बताए । उनले भने, ‘हामीले ...
कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । जारी प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । आफू नेतृत्वको सरकारले विभिन्न महत्वपूर्ण काम गरेको उल्लेख गर्दै उनले विश्वासको मत दिएर सहयोग गर्न आग्रह गरे । उनले प्रदेशबासीको हितका लागि आफूले काम गर्ने बताए ।    मुख्यमन्त्री कार्कीलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, र राप्रपाले विश्वासको ...
मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता राईको निधन

मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता राईको निधन

विराटनगर । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ । आज बिहान अचानक लडेका उनको उपचारका लागि ग्रान्डी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । राई मोरङको पथरीशनिश्चरे नगरपालिका-१ निवासी हुन् । मोरङको ‘फोनिक्स फिटशाला’बाट सहभागि भएका राई गत शनिबार दशरथ रंगशालाको कभर्ड हलमा सम्पन्न प्रतियोगिताको विजेता बनेका थिए । उनी टोखा नगरपालिका-६ स्थित...
सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सङ्खुवासभामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । सङ्खुवासभाको मकालु गाउँपालिका-३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी नगरपालिका-८ का चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । आज वरुणबाट खाँदबारी आउँदै गरेको ट्याक्टर भिरबाट खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । भिरबाट खसेको ट्याक्टर अरुण न...
इटहरीमा गुड्न थाले विद्युतीय नगरबस, विराटनगरमा हल्ला मात्रै

इटहरीमा गुड्न थाले विद्युतीय नगरबस, विराटनगरमा हल्ला मात्रै

इटहरी । इटहरी उपमहानगरपालिकाले आजबाट चारवटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । इटहरीका चार वटै क्षेत्रलाई समेटेर नगर बस सञ्चालनमा ल्याइएको हो । नगरबस सञ्चालनमा आएसँगै नगरवासीले सहुलियत भाडादरमा नगरक्षेत्रभित्र यात्रा गर्न पाउने भएका छन् । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बसको उद्‌घाटन गर्दै चारवटै क्षेत्रलाई समेटेर रुट तयार पारिएको जानकारी दिए । बिहान ७ देखि ११ बजेसम्म र अपराह...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

विराटनगर । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजो ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज तीन सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
झापाबाट लागूऔषधसहित दुई जना पक्राउ

झापाबाट लागूऔषधसहित दुई जना पक्राउ

विराटनगर । झापाबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । हिजो साँझ झापा गाउँपालिका-४ बाट ३ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर उनीहरू पक्राउ परेका हुन् । कमल गाउँपालिका-७ का २५ वर्षीय सन्देश लिम्बू र ३६ वर्षीय पूर्ण बहादुर लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । मे ५ प ९६७३ नम्बरको स्कुटर चेकजाँचको क्रममा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । उनीहरूका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । यसैगरी सुनस...
नोबेलले तीन अर्ब लगानी गरेर विस्तार गर्‍यो क्यान्सरको उपचार सेवा

नोबेलले तीन अर्ब लगानी गरेर विस्तार गर्‍यो क्यान्सरको उपचार सेवा

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले तीन अर्ब लगानी गरेर क्यान्सरको उपचार सेवा विस्तार गरेको छ । बेग्लै भवन निर्माण गरेर अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्थापन गरी नोबेलले क्यान्सरको सम्पूर्ण उपचार सेवा विस्तार हो । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माका पिता लोकनाथ र माता होमादेवी न्यौपानेले मङ्गलबार रिबन काटेर औपचारिक उद्‌घाटन गरेपछि नयाँ भवनबाट उपचार थालिएको हो । नोबेलमा ...
पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले कार्यशाला गोष्ठी गर्दै

पूर्वराष्ट्रपति भण्डारीको उपस्थितिमा मदन भण्डारी फाउन्डेसनले कार्यशाला गोष्ठी गर्दै

विराटनगर । मदन भण्डारी फाउन्डेसन कोशी प्रदेशले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रदेश स्तरीय कार्यशाला गोष्ठी गर्ने भएको छ । असोज ४ र ५ गते जबजको मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौति विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठी गर्न लागिएको फाउन्डेसनका सचिव सोमराज थापाले जानकारी दिए । कार्यशालामा विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिव थापाले बताए । कार्यशालाका...
मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दोस्रो पटक विश्वासको मत लिदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अहिले नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काङ्ग्रेस सहभागी छ । संविधानको धारा १६८ (५) अनुसार गत बैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कार...
मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

मिक्लाजुङमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-५ बेलटारमा एक घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । हिजो दिउँसो चन्द्रमणि खतिवडाको घरमा आगलागी हुँदा घरमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आगलागीबाट करिब २० लाख बराबरको क्षति भएको जानकारी दिए ।  डीएसपी बस्नेतले संगालोखबरसँग भने, ‘घरमा कोही नभएको समयमा आगो लागेको रहेछ । आगलागीको कारण भने ख...
विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ  

विराटनगर । विराटनगरमा एक सय ८९ किलो गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले हिजो विहान र बेलुका कार र स्कारपियो गाडीबाट गाँजा बरामद गरेको हो । हिजो राति विराटनगर-१७ मण्ठापोखरीबाट को २ च ७५९ नम्बरको स्कारपियोबाट एक सय ४६ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् । संकास्पद अवस्थामा देखेपछि प्रहरीले स्कारपियोमा चेकजाँच गरेको थियो । गाडी चालक सुनस...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो तोलामा पाँच सय रुपैयाँ बढेर सुन तोलामा एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो प्र...
धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटामा गोठ भत्किदा मरे एक दर्जन गाईबस्तु

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–७ थाक्लेमा गएराती गोठ भत्किएर किच्दा एक दर्जन गाईबस्तु मरेका छन् । स्थानीय धनबहादुर तामाङको गोठ भत्किदा एक हल गोरु, एउटा गाई र ८ वटा खसीबाख्रा मरेका हुन् । तामाङ परिवारले गोठ भत्किएको आज बिहान मात्र थाहा पाएको हो । गोठ भत्किएर सबै गाईबस्तु किचिएर मरेको अवस्थामा फेला परेको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिए । काठ र माटोको डल्ला प्रयोग गरेर बनाइएको सो ग...
error: Content is protected !!