कोशी प्रदेशका केही क्षेत्रमा वर्षाको सम्भावना
विराटनगर । मौसममा आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा सोमबार वर्षा हुने सम्भावना छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको छ । जसकारण अहिले कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली ...






























