रङ्गेली नगरपालिकाद्वारा करको दर संशोधन, तीन वर्षसम्म यथावत रहने 

रङ्गेली नगरपालिकाद्वारा करको दर संशोधन, तीन वर्षसम्म यथावत रहने 

विराटनगर । मोरङको रङ्गेली नगरपालिकाले वृद्धि गरेको करको दर घटाएर पुरानै दरलाई कायम गर्ने भएको छ । हिजो बसेको विशेष नगरसभाले पुरानै करको दरलाई कायम गर्ने निर्णय गरेको नगर प्रमुख दिलिप बगडियाले बताए । चालु आर्थिक वर्ष २०८१/०८२ का लागि सम्पत्ति करमा गरिएको वृद्धि परिमार्जन हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेसले आन्दोलन गरेको थियो । आन्दोलनले उग्र रूप लिँदा काङ्ग्रेस कार्यकर्ताहरूले नगरपालिकाका कर्मचार...
मोरङको बेलबारीमा बस र बोलेरो जुध्दा एक जनाको मृत्यु 

मोरङको बेलबारीमा बस र बोलेरो जुध्दा एक जनाको मृत्यु 

विराटनगर । मोरङको बेलबारी नगरपालिका-३ मा बस र बोलेरो ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोरङको बाहुनी घर भएका बोलेरो चालक ३६ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो । हिजो साँझ पूर्वबाट पश्चिम आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्व जाँदै गरेको प्र १-०२-००१ ज ४२७७ नम्बरको बोलेरो एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका थापाको न्युरो अस्पताल विराटनगरम...
यस्तो छ आजको मौसम, हल्कादेखि मध्यम वर्षा हुने

यस्तो छ आजको मौसम, हल्कादेखि मध्यम वर्षा हुने

विराटनगर । आज बिहानैदेखि कोशी प्रदेशका केही स्थानमा पानी परिरहेको छ । केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको ...
धनकुटाको सहिदभूमिमा अवरुद्ध सडकको मर्मत तथा सरसफाइ तीब्र पारियो

धनकुटाको सहिदभूमिमा अवरुद्ध सडकको मर्मत तथा सरसफाइ तीब्र पारियो

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले अविरल वर्षाका कारण अवरुद्ध सडक मर्मतको काम सुरु गरेको छ । चाडपर्वको समयमा आवत–जावतमा सहज होस् भन्ने उद्देश्यले सडकको मर्मत तथा सरसफाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ । चाडपर्वको समयमा गाउँपालिकाबासीले सहज रूपमा आवत–जावत र खाद्यान्न ढुवानी गर्न सकुन् भनेर सडकको मर्मत सुरु गरिएको अध्यक्ष मनोज राईले बताए । दशैं, तिहार तथा छठ पर्वको समयमा यात्रुहरूको आवत–जा...
कोशी प्रदेशका ३७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

कोशी प्रदेशका ३७ स्थानमा यात्रु सहायता कक्ष स्थापना

विराटनगर । चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेशका ३७ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहज र सुरक्षित तरिकाले यात्रुहरू गन्तव्यमा पुग्न सकुन् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको हो । आज विराटनगर बसपार्क स्थित सहायता कक्षको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङको उपस्थितिमा उद्‌घाटन गरिएको छ । चाडपर्वको समयमा मानिसहरूको आवत-जावत बढी हुने हुँदा स...
विराटनगर म्युजिक फेस्टिभल कात्तिक १० गते, स्वप्न सुमन र पूर्ण राई दाजुभाइको प्रस्तुती रहने 

विराटनगर म्युजिक फेस्टिभल कात्तिक १० गते, स्वप्न सुमन र पूर्ण राई दाजुभाइको प्रस्तुती रहने 

विराटनगर । विराटनगर म्युजिक फेस्टिभल २०८१ को तेस्रो संकरण आयोजना हुने भएको छ । लाइभ इन्टरटेनमेन्टको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा ‘विराटनगर म्युजिक फेस्टिभल’ हुन लागेको हो । आयोजकले आज पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको छ । आगामी कात्तिक १० गते शनिबार दिउँसो ४ बजेबाट मेनरोड स्थित जैन भवनको खुला मैदानमा कार्यक्रम हुने छ । कार्यक्रममा स्वप्न सुमन, पूर्ण राई दाजुभ...
टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्ने

टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्ने

विराटनगर । टी-२० त्रिकोणात्मक सिरिज अन्तरगत नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । ओन्टेरियोको किङ सिटीमा राति ९ः४५ बजे नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका दुई खेलमा नेपालले एउटामा जित निकालेको थियो भने एक खेलमा हार ब्यहोरेको थियो । पहिलो खेलमा क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने ओमानलाई ३७ रनले पराजित गर्न सफल भएको थियो । सिरिजको अन्तिम खेलमा नेपालले ...
सुनको मूल्य तोलामा पाँच सय घट्यो

सुनको मूल्य तोलामा पाँच सय घट्यो

विराटनगर । आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पाँच सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला एक लाख ६० कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय २५ रुपैयाँ कायम भएको छ ।
नेपाल विद्युतीय प्राविधिक समुह कोशीको अध्यक्षमा पोखरेल

नेपाल विद्युतीय प्राविधिक समुह कोशीको अध्यक्षमा पोखरेल

विराटनगर । नेपाल विद्युतीय प्राविधिक समुह कोशी प्रदेशको नयाँ समिति गठन गरिएको छ । मोरङको सुन्दरहरैँचामा सम्पन्न दोस्रो महाधिवेशनले उमेश पोखरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नवजीवन अधिकारी, सचिवमा वीरबहादुर लामा, सह-सचिवमा केदार भण्डारी र कोषाध्यक्षमा नवीन पौडेल चयन भएका छन् । यसैगरी सदस्यमा सविन लम्साल, दिपेन्द्र सिङ्घल, मणिकुमार परियार, ललित सिंह राई, म...
पेट्रोलियम पदार्थको भाउ घट्यो

पेट्रोलियम पदार्थको भाउ घट्यो

काठमाडौं । पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घटेको छ । नेपाल आयल निगमले आज पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको हो । घटेको मूल्य आज राती १२ बजेबाट लागू हुने निगमले जनाएको छ । ठाउँ अनुसार पेट्रोलियम पदार्थको मूल्य फरक-फरक पर्ने गरेको छ । मूल्य घटेपछि विराटनगर, चारआली, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज, ...
मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो 

मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटियो 

विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा तीन जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खोलाले बगाएर ल्याउँदै गरेको र डुबेको अवस्थामा आज उनीहरूको शव भेटिएको हो । कानेपोखरी र ग्रामथानमा दुई जना पुरुष मृत फेला परेका हुन् भने विराटनगरको सिङ्घिया खोलामा बगाउँदै गरेको अवस्थामा एक महिलाको शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले संगालोखबरलाई जानकारी दिए । कानेपोखरी गाउँपालिका...
४४ अङ्कले बढ्यो नेप्से

४४ अङ्कले बढ्यो नेप्से

विराटनगर । आज सेयर बजार परिसूचक नेप्से बढेको छ । नेप्से ४४.४५ अङ्कले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ विन्दुमा पुगेको छ । विकास बैङ्क, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले बढेको छ । सीईडीबी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । यस्तै कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको सेयर नौ प्रतिशतले ...
विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि परीक्षण सुरु

विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि परीक्षण सुरु

विराटनगर । विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालनका लागि पाइपलाइन परीक्षणको काम सुरु गरिएको छ । विराटनगर-८ बाट पाइपलाइन विस्तारको परीक्षण सुरु गरिएको महानगरपालिकाले जनाएको छ । परियोजनाका इन्जिनियर अरविन्द कर्णका अनुसार परीक्षणका लागि दुई/तीन पिस पाइप बिछ्‌याएर पुरिनेछ । त्यसपछि आवतजावतमा समस्या हुने नहुने, पाइपको सुरक्षाको अवस्थालगायत तोकिएको सबै मापदण्ड हेरिनेछ । सबै परीक्षण पूरा गरेपछि...
पहिलो पटक लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

पहिलो पटक लगानी सम्मेलन गर्दै कोशी प्रदेश सरकार

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलन गर्ने सरकारको तयारी छ । हिजो कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यसको अवधारणा पारित गर्दै मिति तय गरेको हो । जसअनुसार आगामी माघ ११, १२ र १३ गते लगानी सम्मेलन हुने भएको हो । कोशी प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गरे अनुसार कार्यक्रमलाई अगाडि बढ...
बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो

बाढी, पहिरो र डुबानबाट मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो

विराटनगर । देशभर बाढी, पहिरो र डुबानमा परेर मृत्यु हुनेको सङ्ख्या एक सय ९३ पुगेको छ । नेपाल प्रहरीका अनुसार अझै देशभर ३१ जना बेपत्ता छन् । प्रहरीका अनुसार अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेको छ । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपतकालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ ...
बुधबारदेखि पुनः पानी पर्ने, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

बुधबारदेखि पुनः पानी पर्ने, कोशीका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । पर्सि बुधबारदेखि पुनः वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका...
प्रकाश तामाङको कृषिकर्म गर्ने चाहना पुरा गर्न पूर्वमुख्यमन्त्री राईद्वारा जग्गा सहयोग

प्रकाश तामाङको कृषिकर्म गर्ने चाहना पुरा गर्न पूर्वमुख्यमन्त्री राईद्वारा जग्गा सहयोग

भोजपुर । ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले जग्गा सहयोग गरेका छन् । तामाङले कृषि पेसामा आवद्ध हुने इच्छा देखाएपछि राईले पाँच रोपनी तीन आना जमिन तामाङको नाममा पास गरिदिएका हुन् । राईले जग्गासँगै एक थान हाते ट्याक्टर र एक हल गोरु समेत सहयोग गरेका छन् । पूर्वमुख्यमन्त्री राईसँगको भेटमा प्रकाशले भोजपुरमै बसेर कृषि पेसामा संलग्न हुने तर आफू...
तोलामा एक सयले घटेको सुन कतिमा हुँदैछ कारोबार ?

तोलामा एक सयले घटेको सुन कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक सय रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँ कायम भएको छ । हिजो सुन तोलामा एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ४० रुपैयाँ कायम भएको छ ।
राष्ट्र बैङ्कले दिन थाल्यो सुकिला नोट, कहिलेसम्म साट्न सकिन्छ ?

राष्ट्र बैङ्कले दिन थाल्यो सुकिला नोट, कहिलेसम्म साट्न सकिन्छ ?

विराटनगर । नेपाल राष्ट्र बैङ्कले आजदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । दशैँलाई लक्षित गरेर राष्ट्र बैङ्कले आफ्ना सबै कार्यालय र अन्य बैङ्क तथा वित्तीय संस्थाबाट सुकिला नोट सटहीको व्यवस्था मिलाएको हो । राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार असोज २२ गतेसम्म मात्र सुकिला नोट सटही गर्न सकिने छ । नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग साथै विराटनग...
मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान

मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले मानवीय सेवामा एकढिक्का भएर जुट्न आह्वान गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै राईले बाढी, पहिरो र डुबानबाट देशैभर ठूलो क्षति भएको भन्दै राहत, उद्दार तथा पुनःस्थापनाका लागि सबैजना एकजुट भएर लाग्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरोका कारण हुन पुगेको मानवीय क्षति प्रति गहिरो दुःख प...
एमाले कोशीद्वारा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न सरकारको ध्यानाकर्षण

एमाले कोशीद्वारा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न सरकारको ध्यानाकर्षण

विराटनगर । अविरल वर्षाका कारण जनधन तथा भौतिक पूर्वाधारमा ठूलो क्षति भएको भन्दै यसको सामनामा जुट्न नेकपा एमाले कोशी प्रदेश कमिटीले अपिल गरेको छ । कमिटी अध्यक्ष घनश्याम खतिवडाले जारी गरेको विज्ञप्तिमा राहत, उद्धार र पुनःनिर्माणमा जुट्न तीनै तहको सरकार, राजनीतिक दल, सामाजिक सङ्घसंस्था र निजी क्षेत्रलाई आग्रह गरिएको छ । चाडपर्वको मुखमा पहिरोका कारण यातायात अवरुद्ध भएकाले तत्काल सडक सुचारु गर्दै घा...
बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति कोशीका सभामुखद्वारा दुःख व्यक्त 

बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति कोशीका सभामुखद्वारा दुःख व्यक्त 

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बर बहादुर बिष्टले बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य  जारी गर्दै सभामुख विष्टले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूलाई स्वास्थ्यलाभको कामना गरेका छन् । विपद् कुनै क्षेत्रविशेष समस्या नभएर सम्पूर्ण राष्ट्रको साझा पीडा भएको उल्लेख गर्दै सभामुख विष्टले राहत, उद्धार र पुर्नस्थापनाको लागि सबै एकजुट हुनुपर्ने बत...
कोशीमा बाढी, पहिरो र डुबानबाट हालसम्म १४ जनाको मृत्यु, आठ जना बेपत्ता 

कोशीमा बाढी, पहिरो र डुबानबाट हालसम्म १४ जनाको मृत्यु, आठ जना बेपत्ता 

विराटनगर । कोशी प्रदेशमा बाढी पहिरो र डुबानमा परेर १४ जनाको मृत्यु भएको छ । शुक्रबारदेखि हालसम्म १४ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परेर आठ जना बेपत्ता भएका छन् भने १३ जना घाइते भएका छन् । इलाममा एक, पाँचथरमा पाँच, धनकुटामा दुई, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच जनाको मृत्यु भएको हो । पाँचथरमा पाँच, धनकुटामा दुई, ...
सप्तकोसी नदीमा घट्न थाल्यो पानीको बहाव, जोखिम कायमै 

सप्तकोसी नदीमा घट्न थाल्यो पानीको बहाव, जोखिम कायमै 

विराटनगर । ५६ वर्षयताकै सबैभन्दा बढी मापन गरिएको सप्तकोसी नदीको बहाव क्रमिक रूपमा घट्न थालेको छ । अहिले साढे १२ बजेको मापन अनुसार बहाव पाँच लाख नौ हजार आठ सय ७० क्युसेकमा झरेको छ । आज बिहान साढे ११ बजे गरिएको मापन अनुसार कोसीको बहाव ५ लाख ८२ हजार क्युसेकमा झरेको थियो । आज बिहान ३ बजे ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक बहाव मापन भएको थियो । आज बिहान ७ बजे छ लाख ५५ हजार तीन सय ७० क्युसेक मापन भएको...
तमोर नदीमा भेटियो दुई महिलाको शव

तमोर नदीमा भेटियो दुई महिलाको शव

धनकुटा । तमोर नदीमा आज बिहान दुई महिलाको शव फेला परेको छ । धनकुटाको साँगुरीगढी–७ बुढीमोरङ र चौबिसेको फलामेटार नजिक शव फेला परेको हो । मुलघाट नजिक तमोर नदी किनारमा बिहान करिब ५ बजे शव देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली गएर शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको धनकुटाका प्रहरी निरीक्षक विश्व खड्काले जानकारी दिए । करिब ३०/३५ वर्षीय जस्तो देखिने मङ्गोलिय...
धादिङको झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालियो, उद्दार कार्य जारी 

धादिङको झ्याप्ले खोलाको पहिरोबाट २७ जनाको शव निकालियो, उद्दार कार्य जारी 

काठमाडौं । धादिङको धुनीबेँसी नगरपालिका-९ स्थित झ्याप्ले खोलाको पहिरोमा पुरिएको अवस्थामा २७ जनाको शव निकालिएको छ । हिजो राति १४ जनाको शव निकालिएको थियो भने आज १३ जनाको शव निकालिएको छ । योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । पहिरोमा बस र माइक्रो बस पुरिएको बताइएको छ । उक्त स्थानमा अहिले उद्दारको कार्य जारी रहेको छ ।
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

विराटनगर । आज सुनको मूल्य घटेको छ । आज प्रतितोला ६ सय रुपैयाँले घटेर सुन तोलामा एक लाख ६० हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला एक लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा एक हजार नौ सय ४५ कायम भएको छ ।
सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५६ वर्ष यताको सबैभन्दा बढी

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५ सय ४० क्युसेक पुगेको छ । यो ५६ वर्ष यताको सबैभन्दा बढी हो । आज बिहान ३ बजे गरिएको मापन अनुसार पानीको बहाव निरन्तर बढिरहेको पाइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । जलसतह खतरा तहभन्दा ११.२६ मिटरमाथि पुगिसकेको छ । ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । तरपनि कोशी ब्यारेजमा पुल माथिबाट पानी बगिरहेको छ । यसअघि सन् १९६८ अक्टोबर ५ तार...
बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

बाढी, पहिरो र डुबानमा परेर हालसम्म ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता

विराटनगर । भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु भएको छ । केहीबेर अगाडिसम्मको विवरण अनुसार ८७ जनाको मृत्यु भएको छ भने ७२ जना बेपत्ता भएका छन् । काठमाडौंमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ । यस्तै कोशी प्रदेशमा १० र बागमती प्रदेशमा २९ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए । कोशी प्रदेशमा नौ, म...
बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

बाढी पहिरोबाट प्रभावितलाई तत्काल उद्धार गर्न माओवादीको आग्रह

विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेको छ । माओवादीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । कोशीमा आधा दर्जन व्यक्तिहरूको ज्यान गएको, ८ जनाभन्दा बढी बेपत्ता भएका, कयौँ मानिस घाइते भएका र लाखौंको क्षति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कैयौं मानिसहर...
कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

कोशी सरकारले ऐतिहासिक चलचित्र ‘नालापानी’ को प्रवर्द्धनमा सहयोग गर्छ : मुख्यमन्त्री कार्की 

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ऐतिहासिक चलचित्र ‘नालापानी’ हेर्न सबैलाई आग्रह गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा चलचित्र हेरिसकेपछि कार्कीले यस्तो आग्रह गरेका हुन् । ऐतिहासिक घटनामा आधारित चलचित्र भएका कारण इतिहास थाहा पाउन पनि यो चलचित्र सबैले हेर्नै पर्ने मुख्यमन्त्री कार्कीले बताए । मुख्यमन्त्री कार्कीले ‘नालापानी’ चलचित्रको प्रवर्द्धनका लागि...
error: Content is protected !!