संखुवासभामा खोलाले बगाएर एकजनाको मृत्यु

संखुवासभामा खोलाले बगाएर एकजनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभाखोला गाउँपालिका–१ लेब्राङमा सभाखोलाले बगाएर एकजनाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका–३ का ३३ वर्षीय भेषराज काल्पा मगरको बगेर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा गाई तार्ने क्रममा उनी बगेका थिए । बगेर बेपत्ता भएका उनको खोजी गरिएको थियो । त्यस क्रममा बगाएको स्थानबाट करिब चार किलोमिटर तल रिपेनी घाटमा उनको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय संखुव...
पहिरोले संखुवासभामा तीनवटा घर बगायो

पहिरोले संखुवासभामा तीनवटा घर बगायो

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लामा पहिरोले तीनवटा घर बगाएको छ । बुधबार रातिदेखि भएको अबिरल वर्षापछि झरेको पहिरोले तीनवटा घर बगाएको हो । घटनामा एकजना घाइते भएका छन् । प्रहरीका अनुसार पहिरोले स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । उनको स्...
बाढीले ताप्लेजुङको फक्ताङलुङमा पुल बगायो

बाढीले ताप्लेजुङको फक्ताङलुङमा पुल बगायो

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित सिसेवा खोलामा आएको बाढीले पुल बगाएको छ । रातिदेखि भएको वर्षापछि बिहिवार बिहान आएको बाढीले पुल बगाएको हो । तापेथोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुरज सिंजालीका अनुसार बाढीले त्यस क्षेत्रका केही अस्थायी पुल बगाएको खबर आएको छ । यसबारे बुझ्न प्रहरी टोली त्यस क्षेत्रतर्फ गएको जनाइएको छ । टोली पुगेपछि विस्तृत जानकारी आउने उनले बताए । उक्त खो...
झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन

झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन

झापा । अग्रज पत्रकार नेत्र पाठकको बिहिवार बिहान निधन भएको छ । ७२ वर्षीय पाठकको आफ्नै निवासमा निधन भएको हो । पूर्वशिक्षक समेत रहेका पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् । केही वर्षयता उनी दम, निमोनिया र प्रोस्टेट क्यान्सर लगायत समस्याले बिरामी थिए । पछिल्लो समय उनी घरमै उपचारसहित आराम गर्दै आएका थिए । लामो समय शिक्षण पेशामा आबद्ध पाठक नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिका पन...
खैरो हेरोइनसहित विराटनगरबाट चारजना पक्राउ

खैरो हेरोइनसहित विराटनगरबाट चारजना पक्राउ

विराटनगर । विराटनगरबाट खैरो हेरोइनसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर–१५ बाट मोरङको सुन्दरहरैँचाका २१ वर्षीय मदन चौधरी र भोजपुरका २० वर्षीय विनोद शिवालाई बुधबार बेलुका पक्राउ गरेको हो । उनीहरुको साथबाट ४१.३३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, सुनसरीको दुहबी नगरपालिका–४ का २० वर्षीय पारस चौधरी र झापाको गौरा...
ओखलढुंगाको मोलुङ–५ का वडाध्यक्ष कार्कीको निधन

ओखलढुंगाको मोलुङ–५ का वडाध्यक्ष कार्कीको निधन

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । ५० वर्षीय कार्कीको बुधबार बेलुका काठमाडौंमा निधन भएको हो । हड्डीको क्यान्सरबाट पीडित भएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन् । गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष कार्की...
कोशी सरकारबारे मुद्दामा पूर्ण इजलासमा सुनुवाइ

कोशी सरकारबारे मुद्दामा पूर्ण इजलासमा सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकार विवादसम्बन्धी मुद्दामा बिहिवार सुनुवाइ हुने भएको छ । उक्त मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा तोकिएको छ । यसअघि दुईजना न्यायाधीशको संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्की आफू मुख्यमन्त्री हुँदाहुँदै अर्का मुख्यमन्त्री तोकिनु असंवैधानिक भन्दै सर...
विराटनगरमा प्याब्सन कप फुटबलः मोडर्न एरा र ग्यालेक्सी क्वाटरफाइनलमा

विराटनगरमा प्याब्सन कप फुटबलः मोडर्न एरा र ग्यालेक्सी क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो । जितको लागि निर्णायक गोल ग्यालेक्सीका एमडी मासुमले गरे । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भए । दोस्रो खेलमा मोर्डन एरा स्कुलले दर्पण स्कुललाई ३–० ...
पत्रकार महासंघ धनकुटा शाखाको ताला खुलाउन माग

पत्रकार महासंघ धनकुटा शाखाको ताला खुलाउन माग

धनकुटा । नेपाल पत्रकार महासंघको धनकुटा शाखामा दुई सातादेखि तालाबन्दी जारी रहँदा शाखाको काम प्रभावित भएको भन्दै पत्रकारका अन्य चारवटा संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । महासंघको केन्द्रिय समितिले सदस्यता शुद्धीकरणको आधिकारिक नामावली सार्वजनिक नै नगरेको अवस्थामा नेपाल प्रेस युनियन धनकुटा शाखा र केही व्यक्तिहरुले नामावलीको विषयलाई लिएर बेग्लाबेग्लै ताला लगाएर शाखाको काम कारबाही प्रभावित गरेकोप...
मोरङको विराटचोकमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

मोरङको विराटचोकमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटचोकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजातको चोरीको मोटरसाइकल को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० वर्षीय शंकर दाहाल र धनपालथान गाउँपालि...
संखुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

संखुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै...
विराटनगरको आरोहण गुरुकुलमा ‘चौथो अध्याय’

विराटनगरको आरोहण गुरुकुलमा ‘चौथो अध्याय’

विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक ‘चौथो अध्याय’ मञ्चन सुरु भएको छ । रविन चिमरिया र दिक्षा चौधरीले निर्देशन गरेको चौथो अध्याय नामको नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ । जीवनको उत्तरार्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित रहेको नाटक हरेक दिन बेलुका ५ः३० बजे मञ्चन हुँदैछ । एउटी नारीले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवम...
बलात्कार आरोपमा भोजपुरका युवक पक्राउ

बलात्कार आरोपमा भोजपुरका युवक पक्राउ

भोजपुर । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा भोजपुरको हतुवागढीबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ का २५ वषीृय रिठ्ठे भनिने विशाल मगर छन् । मगरले स्थानीय १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीको छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ गते साँझ बलात्कार गरेको र गर्भ समेत रहेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपु...
लेदोले पुरिएर ताप्लेजुङमा एकजनाको मृत्यु

लेदोले पुरिएर ताप्लेजुङमा एकजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन काबेली–३ जलविद्युत आयोजनामा लेदोले पुरिएर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लेदोले पुरिएर ट्याक्टरका सहचालक पाँचथरको फिदिम–१४ का सविन राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार गिट्टी पुर्याएर फर्कने क्रममा बाटोमा ट्याक्टर फसेको थियो । निकाल्ने क्रममा ट्याक्टर पल्टिएको थियो । त्यही क्रममा ब...
संखुवासभामा पहिरोले पुरिएर एकजनाको मृत्यु, २ घाइते

संखुवासभामा पहिरोले पुरिएर एकजनाको मृत्यु, २ घाइते

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परी दुईजना घाइते भएका छन् । मंगलबार राति खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकवानपुरका उमेश कार्की र गोविन्द थारू सामान्य घाइते भएका छन् । ...
मोरङको सुन्दरहरैँचामा हात्तीको छावा मृत भेटियो

मोरङको सुन्दरहरैँचामा हात्तीको छावा मृत भेटियो

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । सब डिभिजन कार्यालयका अनुसार बुधबार बिहान स्थानीय बासिन्दाको केराको बगानभित्र छावा मृत अवस्थामा भेटिएको हो । छावाको कसरी मृत्यु भएको भन्ने खुलेको छैन । सुँड छेउमा सामान्य चोट देखिएको वन कार्यालयले जनाएको छ । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षबाट विज्ञ प्राविधिकको टोली आएर अध्ययन गरेपछि विस्तृत कुरा थाहा हुने...
विश्वकप छनोटः यमनसँग नेपालको २-२ गोलको बराबरी

विश्वकप छनोटः यमनसँग नेपालको २-२ गोलको बराबरी

विराटनगर । फिफा विश्वकप–२०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको दम्माम शहरस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा यमनविरुद्ध २–२ गोलको बराबरी खेल्दै नेपालले दोस्रो चरणको पहिलो अंक जोडेको हो । नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले १–१ गोल गरे । खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत यमनले गोल गरेको थियो । डि बक्सभित्र मनिष डाँगीले रमी अलवासम...
न्यायिक समितिमा जग्गा, पैनी विवाद र घरेलु हिंसाका मुद्दा बढी

न्यायिक समितिमा जग्गा, पैनी विवाद र घरेलु हिंसाका मुद्दा बढी

विराटनगर । स्थानीय तहको न्यायिक समितिमा जग्गा किचलो, कुलो पैनीको विवाद एवं घरेलु हिंसाका मुद्दा बढी आउने गरेको पाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा सञ्चालन गरेको ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रमको अध्ययनका क्रममा यस्तो पाइएको हो । ग्रामीण क्षेत्रमा लागुऔषधको समस्या पनि बढ्दै गएको पाइएको छ । ग्रामीण क्षेत्रका युवायुवती लागुऔषधको कुलतमा फस्दै गएको सो कार्यक...
टी–२० विश्वकपः खेल रद्द भएपछि नेपाल र श्रीलंकालाई १–१ अंक

टी–२० विश्वकपः खेल रद्द भएपछि नेपाल र श्रीलंकालाई १–१ अंक

विराटनगर । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रंगशालामा वर्षा भएपछि खेल रद्द भएको हो । नेपाली समयअनुसार बुधबार बिहान ५ः१५ बजेदेखि सुरु हुने भएपनि लगातारको वर्षपछि टस नभई खेल रद्द गरिएको हो । खेल रद्द भएसँगै दुबै टिमलाई १–१ अंक बाँडिएको छ । श्रीलंकामाथि विजय हासिल गर्दै नेपाललाई विश्वकपको सुपर आ...
प्रेस चौतारी अध्यक्ष रबिन कटेल बने एमाले धनकुटाको प्रचार विभाग प्रमुख

प्रेस चौतारी अध्यक्ष रबिन कटेल बने एमाले धनकुटाको प्रचार विभाग प्रमुख

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् । एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कटेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कटेल गत जेठ १४ गते सम्पन्न एमाले धनकुटाको ८ औं जिल्ला अधिवेशनमा खुला कोटाबाट भारी...
प्याब्सन कपः गोदावरी, गौतमबुद्ध र सेन्टजोसेफ विजयी

प्याब्सन कपः गोदावरी, गौतमबुद्ध र सेन्टजोसेफ विजयी

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका तीन स्कुल विजयी भएका छन् ।सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा गौतम बुद्ध स्कुलले टाइब्रेकरमा सप्तकोशी स्कुललाई ४–२ गोलले हरायो । गौतम बुद्धका आयूष प्रधान, आदर्श राई, आसुतोस खड्का र सौरव रानामगरले गोल गरे । सप्तकोशीको तर्फबाट समिर राजपुरिया ...
गुडिरहेको गाडी घरभित्र पसेपछि…

गुडिरहेको गाडी घरभित्र पसेपछि…

इलाम । मेची राजमार्गको इलाम नगरपालिका–७ मा पर्ने कुलधारा भन्ने स्थानमा गुडिरहेको स्कारपियो गाडी घरमा पसेको छ । झापातर्फ गइरहेको गाडी मंगलबार अपराह्न घरमा पस्दा एकजना बालक घाइते भएका छन् । प्रदेश १–०२६ च ०७१७ नम्बरको स्कारपियो गाडी अनियन्त्रत भइ स्थानीय बानियाँ ट्रेडर्स रहेको घरमा पसेको प्रहरीले जनाएको छ । गाडीको ठक्करले सडक किनारमा पार्किङ गरी राखिएका केही मोटरसाइकलमा क्षति पुगेको छ । यसैगरी, ...
तनाव खप्न नसकेर मृत्यु रोजेका धनकुटाका शिक्षक खड्काको परिवार न्याय खोज्दै

तनाव खप्न नसकेर मृत्यु रोजेका धनकुटाका शिक्षक खड्काको परिवार न्याय खोज्दै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका डिल्लीराम खड्का गत जेठ २२ गते मृत अवस्थामा फेला परे । जनता माध्यमिक विद्यालय निगालेमा शिक्षक रहेका उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । तनावमा रहेको थाहा पाए पनि परिवारले तत्काल उनले त्यसो गर्नुको मुख्य कारण थाहा पाएन । पछि उनको पर्समा फेला परेको ‘सुसाइड नोट’ र डायरीमा लेखिएको विवरणले गाउँकै एकजना व्यक्तिबाट लगातार प्रताडित हुनु परेपछ...
धनकुटा, झापा, मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

धनकुटा, झापा, मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

विराटनगर । धनकुटा, झापा, मोरङ र उदयपुरका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित प्रहरीले सातजनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले गाँजासहित विभिन्न किसिमका लागुऔषध बरामद गरेको छ । धनकुटाको सहिदभूमि गाउँपालिका–४ बाट ३० वर्षीय सुकदेव राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । आँखिसल्लास्थित प्रहरी चौकीको टोलीले उनलाई पाँच सय ग्राम गाँजा र विभिन्न नामका प्रतिबन्धित औषधिसहित पक्राउ...
सोलुखुम्बुमा नवजात शिशुको हत्या आरोपमा युवती पक्राउ

सोलुखुम्बुमा नवजात शिशुको हत्या आरोपमा युवती पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्डमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । सोलुदुधकुण्ड नगरपालिका–२ की २१ वर्षीया एक युवतीलाई प्रहरीले पक्राउ गरेको हो । बच्चा जन्माएपछि ती युवतीले गत आइतबार घरबाट करिब दुई सय मिटर पर रहेको खोल्सामा लगेर पातपतिङ्गरले छोपेर छाडेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे सूचना पाएर खटिएको टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको थियो । घ...
विश्वकप छनोटको अन्तिम खेल यमनसँग खेल्दै नेपाल

विश्वकप छनोटको अन्तिम खेल यमनसँग खेल्दै नेपाल

विराटनगर । फिफा विश्वकप छनोट–२०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले मंगलबार राति यमनसँग खेल्दैछ । छनोटका लागि यो नेपालको अन्तिम खेल हो । समूह ‘एच’ मा रहेको नेपाल यसअघिका पाँचवटै खेलमा पराजित भएको छ । न्युट्रल भेन्यु साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद रंगशालामा नेपाली समयअनुसार राति ११ः४५ मा खेल सुरु हुनेछ । नेपालले यसअघि समूह चरणमा खेलेको पाँचै खेलमा गोल ...
एसईईको नतिजा असार दोस्रो साता आउने

एसईईको नतिजा असार दोस्रो साता आउने

विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको कार्यालयले जनाएको छ । प्राविधिक त्रुटि नदेखिए असार पहिलो सातामै र कुनै समस्या भए दोस्रो साताभन्दा ढिलाइ नग...
कोशी प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

कोशी प्रदेश योजना आयोगमा चार सदस्य नियुक्त

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगमा चारजना सदस्य नियुक्त गरेको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा डा. सीताराम बस्नेत, किशोरकुमार राई, भवानी बराल र नमिता न्यौपानेलाई नियुक्त गरेको हो । मुख्यमन्त्री अध्यक्ष हुने प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. राजेन्द्र अधिकारी छन् । यसैगरी, मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा...
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले मत दिएपछि सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा (क) बाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि ...
विराटनगरमा ट्यांकर र भ्यान ठोक्कियो, एकजनाको मृत्यु ५ घाइते

विराटनगरमा ट्यांकर र भ्यान ठोक्कियो, एकजनाको मृत्यु ५ घाइते

विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–४ मा सोमबार अपराह्न इन्धनको ट्यांकर र म्याजिक भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भ्यानमा रहेका पाँचजना यात्रु घाइते भएका छन् । दुर्घटनामा भ्यान चालक सुनसरीको इटहरी–१७ का ३० वर्षीय तिलक साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश १–०४–००१ ज ००१४ नम्बरको म्याजिक भ्यान ना ७ ख १८७६ नम्बरको ट्यांकरमा ठोक्किएको थियो । मोरङ प्रहरीका प्रवक्त...
मनसुन नेपाल भित्रियो, यो वर्ष सरदरभन्दा ५५ प्रतिशतसम्म बढी वर्षा हुने

मनसुन नेपाल भित्रियो, यो वर्ष सरदरभन्दा ५५ प्रतिशतसम्म बढी वर्षा हुने

विराटनगर । यस वर्षको मनसुन सोमबार नेपाल भित्रिएको छ । सामान्यतया नेपालमा जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर विस्तार हुने जनाइएको छ । गत वर्ष एक दिन ढिला गरेर मनसुन नेपाल प्रवेश गरेको थियो । नेपालमा औसतमा जुन १३ मा शुरु भएर अक्टोबर २ सम्म सरदर एक सय १२ दिन मनसुन रह...
error: Content is protected !!