धनकुटामा हायस दुर्घटना
धनकुटा । धनकुटा नगरपालिका-३ निगालेमा हायस दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन् । आज दिउँसो १ बजेतिर तेह्रथुमबाट राजविराज तर्फ जाने क्रममा प्र २-०१-००१ ख ०३१० नम्बरको हायस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
२१ जना यात्रु सवार हायस दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
राजविराज नगरपालिका-७ का २१ वर्षीय...




























